१६ वर्षमा तयार भयो ‘नेपाली संगीतको अभिलेख’
screennepal
प्रकाशित: २०७१, २२ माघ बिहीबार
no img

booooकाठमाडौं । नेपाली गीतसंगीत आरम्भकालदेखि वर्तमानसम्मलाई समेटेर बरिष्ठ संगीतकार बुलु मुकारुङले ‘नेपाली संगीतको अभिलेख’ नामक पुस्तक तयार गरेका छन् । समग्र सुरकर्मीहरुको दुस्तावेजका रुपमा प्रस्तुत ‘नेपाली संगीत अभिलेख’ तयार गर्न मुकारुङलाई ठ्याक्कै १६ वर्ष लाग्यो । ०५६ सालदेखि अहोरात्र रुपमा कृति र सुरकर्मीहरुको वायोग्राफी बटुल्न थालेका मुकारुङले ०७१ सालमा तयार पारे, ‘नेपाली संगीतको अभिलेख’ । सो अभिलेखबारे बिहीबार लेखक तथा संगीतकार मुकारुङले राजधानीमा पत्रकार भेटघाटको आयोजना गरे । कायक्रममा संगीत समीक्षक तथा अन्वेषकर्तासमेत रहेका मुकारुङले भने, ‘यो दस्तावेज तयार गर्न १६ वर्ष लाग्यो ।’
कार्यक्रममा सञ्चारकर्मीलाई पुस्तक उपलब्ध गराउँदै मुकारुङले भने, ‘आज पत्रकारलाई मात्र उपलब्ध गराएको हुँ । केही समयपछि यस पुस्तकलाई एक कार्यक्रमबीच सार्वजनिक गर्नेछु । पुस्तकसँगै आफ्नो सोलो संगीतबद्ध १२ गीति एल्बम पनि एकैसाथ सार्वजनिक गर्ने मुकारुङले बताए ।
‘नेपाली संगीतको अभिखेल’ पुस्तकमा मुकारुङले नेपाली संगीतको एउटा सिंगो इतिहास अटाएका छन् । ‘सकेसम्म मलाई थाहा भएका र सम्पर्कमा आएका सबै संगीतकर्मीलाई अँटाउने प्रयास गरेको छु’ मुकारुङले भने, ‘सबैलाई समेट्ने प्रयास गर्दागर्दै पनि केही छुटेका होलान्, उनीहरुलाई अर्को संस्करणमा समेट्न छु ।’ पुस्तकमा नेपाली संगीत क्षेत्रका मुर्धुन्यदेखि समकालीन अनुजसम्मका संगीतकर्मी र कृति समेटिएको छ ।
पहिलो संस्करण निर्माण प्रकाशन सिक्किमले प्रकशन गरेकाले प्रस्तुत पुस्तक दोस्रो संस्करण हो । दोस्रो संस्करणलाई पाल्पा बुक्सले प्रकाशन गरेको छ । विभिन्न अध्याय तथा तस्बिरसहित प्रस्तुत ‘नेपाली संगीत अभिलेख’ संगीतकर्मी र सञ्चारकर्मीका लागि मात्र नभई नेपाली संगीतप्रति चासो राख्ने सबैका लागि संग्रहणीय छ । ‘नेपाली संगीत अभिलेख’ मा नेपाली संगीतको प्रारम्भकालीन इतिहासदेखि वर्तमानसम्म समेटिएको छ, जसले संगीत सोधकर्ताका लागि यो पुस्तक अझ उपयोगी छ ।
८४८ पुष्ठको ‘नेपाली संगीत अभिलेख’मा ६ हजारभन्दा बढी संगीतकर्मीको बायोग्राफी तथा परिचय समेटिएको छ, जसमा मुकारुङले नेपालको सेतुराम, मेलवादेवीदेखि पछिल्लो समय उदाउँदै गरेका सुरकर्मीहरुलाई संगीत अभिलेखमा समेट्न भ्याएका छन् ।

Comments