टिनएजर्स सुन्दरीहरु क्याटवाक सिक्दै (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, १० माघ शनिबार
no img

1

काठमाडौं । ‘मिस टिनएजर्स इन्टरनेशनल–२०१५’ का प्रतियोगीहरु अहिले टे«निङमा व्यस्त छन् । २७ माघमा हुने अन्तिम स्पर्धाका लागि ३२ जना युवती क्याटवाक, गुम्रिङलगायत विभिन्न आत्मविकाससम्बन्धी ट्रेनिङ लिइरहेका छन् । उनीहरुलाई कोरियोग्राफर आश्विनी झाले प्रशिक्षण दिइरहेका छन् । युहान इन्टरनेशनल ईभेन्टस् प्रालिले नेपालमा पहिलोपटक आयोजन गर्न लागेको ‘मिस टिनएजर इन्टरनेशनल नेपाल’ मा १४ देखि २० वर्ष उमेर समूहका युवतीलाई सहभागी गराइएको छ ।

_MG_1350 copy
कलेज अध्ययनरत टिनएजर्स युवतीहरुलाई जागरुक तथा अन्तर्राष्ट्रियस्तर प्लेटफर्म दिने उद्देश्यले ‘मिस टिनएजर इन्टरनेशनल नेपाल’ प्रतियोगिता सुरु गरेको आयोजक संस्थाका प्रबन्ध निर्देशक सानु खानले बताए । ‘हाम्रो विशेष लक्ष्य भनेको शिक्षा हो’ खानले भने, ‘अन्य थुप्रै सौन्दर्य प्रतियोगिता भएपनि शिक्षामा जोड दिइएको पाइएको छैन । उनीहरुलाई ग्ल्यामरस क्षेत्रमै सिमित गरिएको छ । तर, हामी शिक्षा क्षेत्रमा जोड दिएका छौं ।’ प्रतियोगिताको शिर्ष विजेतालाई प्लस–टु तथा उच्च शिक्षाका लागि ‘फूल स्कलरशीप’ प्रदान गरिने युहान ईभेन्टस्ले जनाएको छ ।      तस्बिर : नविन गुरुङ

3

5

2

Comments