२३ माघमा धरानमा गुञ्जिँदै भूवन
screennepal
प्रकाशित: २०७१, ९ माघ शुक्रबार
no img

धरान । नेपाली सुगम संगीतका गायक तथा संगीतकार भूवन सुप्तिहाङ राई धरानमा एकल गायन कार्यक्रम गर्दैछन् । उनले २३ माघ शुत्रबार धरानको सभागृहमा एकल प्रस्तुती दिन लागेका हुन् । शुक्रबार धरानमा पत्रकार सम्मेलन गरी ‘भुवन एकल साँझ’बारे जानकारी गराइएको हो ।

Bhuwan Banner

डेढ दशकदेखि नेपाली शास्त्रीय संगीतमा निरन्तर गायन एवं संगीत सिर्जना गर्दै आएका गायक भूवनको धरानमा सम्पन्न हुने यो छैठौ एकल सो हो । यसअघि उनले हङकङ, भारतको सिक्किम, नेपालको खोेटाङको चिसापानी, संखुवासभा, राष्ट्रिय सभागृह काठमाडौ र रकहाउस क्याफे, काठ्माडौमा एकल सो गरिसकेका छन् । आफना नयाँ तथा कार्यक्रममा आफ्ना नया तथा पुराना गरी करिब डेढ दर्जन गीत दर्शक तथा श्रोतालाई सुनाउने भएका छन्
अनाथ, असहाय र अपांगता भएका बालबालिकाको सहयोगार्थ आयोजना हुन लागेको कार्यक्रमको अनुमानित खर्च १५ लाख रुपैयाँ रहेको कार्यक्रमका संयोजक हिन्दुहाङ राईले जानकारी गराए । धरान सभागृहमा हुने एकल साँझमा सुप्तिहाङका चर्चित नयाँ तथा पुराना गीतहरु इलाम बजार घुम्ने रहर, काम गरेनी कसैले, मायाको फूल टिपी, लगायतका गीतहरु गाउने छन् । उनका आगामि एल्बममा आउने गीतहरु, नाम भएर बदनाम, मनै तान्यो भेडेटारले लगायतका गीत समेत प्रस्तुत हुने छन् ।
हालसम्म सुप्तिहाङ्गका पाँच एल्बमहरु बजारमा आइसकेका छन् । २०६० सालमा तिम्रो माया, २०६५ सालमा सजेशन, २०६७ सालमा आलोक श्रीको एकल संगीतमा मायाको फूल र २०७० सालमा बदनाम एल्बम बजारमा आइसकेका छन् । यसै वर्ष मेरो सम्मान नामक छैठौ एल्बमको तयारीमा रहेको सुप्तिहाङ बताउँछन् ।

Comments