संविधान खबरदारी : कलाकार भन्छन्, ‘नेता बिग्रे पैसाले’
screennepal
प्रकाशित: २०७१, ८ माघ बिहीबार
no img

5

जनताको प्रतिनिधित्व गरेर संविधान भवन छिरेका सभासद् तथा नेताले संविधान जारी नगर्ने पक्का भएपछि चौतर्फी दवाव र खबरदारीका आवाज उठिरहेको छ । संविधानसभाको म्याद सकिन एकदिन मात्रै बाँकी हुँदा लोक कलाकारसमेत बुधबार संविधान निर्माणका लागि दवाव दिन सडकमा निस्किए । संविधान माग्दै राजधानीको सडकमा निस्किएका उनीहरुले गीतमार्फत नेताहरुलाई दवाव दिए ।

1
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाल’ को संयोजत्वमा संविधान माग्दै निस्केका कलाकारले संविधानमा आफ्ना मुद्दालाई पनि समावेश गर्न माग गरे । ८ माघ नजिकिँदै गर्दा नयाँ बानेश्वरस्थित संविधानसभा भवनको छेउछाउमा नारा, जुलुस बढ्न थालेका बेला लोकदोहोरी कलाकार पनि सडकमा उत्रिएका हुन् ।

3
लोक कलाकारले माइतीघर मण्डलाबाट -याली निकाली बिजुलीबजारमा पुगेर सांगीतिक कार्यक्रम गरेका थिए । कार्यक्रममा कलाकारले गीतमार्फत आफ्ना माग मात्र राखेन्, उनीहरुले ६०१ सभासदलाई व्यंग्यसमेत गरेका थिए । कार्यक्रममा लोकगायिका राधिका हमालले ‘म बिग्रिएँ बैंसले, नेता बिग्रे पैसाले’ बोलको गीत गाएर सबैलाई नचाइन् । कार्यक्रममा लोकगायक पशुपति शर्माले नेताले संविधान दिन नसकेको भन्दै आफ्नो चर्चित गीत ‘मलाई अमेरिका यहीँ’ गाएका थिए । -यालीमा कलाकारले संविधानमा कलाकारका मुद्दालाई समावेश गरियोस् भन्ने नारा लेखेको प्लेकार्ड बोकेका थिए । उनीहरुले ‘कलाकार राष्ट्रका गहना होइनन्, सम्पत्ति हुन्’ भन्दै नयाँ संविधानमा जारी गरेर देशलाई अगाडि बढाउन माग गरे । संविधान निर्माणका लागि दबाबमुलक कार्यक्रममा नेपाली लोक क्षेत्रका गायक–गायिका, मोडल, निर्देशकलगायतको साहभागिता थियो ।

4

Comments