Happy Lhosar : तामाङ सुन्दरीहरु ल्होसार -यालीमा
screennepal
प्रकाशित: २०७१, ७ माघ बुधबार
no img

काठमाडौं । ‘मिस तामाङ’ को ताज पहिरिनलाई स्पर्धा गरिहेका तामाङ सुन्दरीहरु बुधबार ल्होसार पर्वको ¥यालीमा सहभागी भए । बिहान ११ बजे बागबजारस्थित ‘मिस तामाङ’ को आयोजक संस्था एभरेष्ट फेसन होमको कार्यालय अगाडि भेला भएर उनीहरु तामाङ कला, संस्कृति झल्काउने भेषभूषामा ¥यालीमा सहभागी भएका थिए । ‘मिस तामाङ–२०१५’ मा तामाङ समुदायका ३५ युवती अन्तिम स्पर्धाका विभिन्न आत्मविकाससम्बन्धी तालिम लिइरहेका छन् । यसैक्रममा उनीहरुलाई सांस्कृतिक पर्वमा सहभागी गराइएको हो ।

_MG_0147

¥याली रत्नपार्कस्थित शान्तिबाटिका, बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग हुँदै टुँडिखेल पुगेर सभामा पणिरत भएको थियो । तामाङ समुदायको २८५१औं सोनाम ल्होसार हो । एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जिता लामाका अनुसार कार्यक्रमको अन्तिम स्पर्धा १७ माघमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने छ । तामाङ समुदायले बुधबार देशैभर विभिन्न कार्यक्रम गरी ल्होसार पर्व मनाएको छ ।  तस्बिर : नविन गुरुङ

_MG_0157

टुँडिखेलमा ल्होसारमा झाँकी देखाउँदै

Comments