‘लिटिलमिस एन्जल २०१५’ को खोजी सुरु
screennepal
प्रकाशित: २०७१, २ माघ शुक्रबार
no img

काठमाडौं । १० वर्षदेखि १३ वर्षसम्मका बालिकाबीचका ‘लिटिल मिस एन्जल–२०१५’ आयोजना हुने भउको छ । कलश इभेन्ट्सले आयोजना गर्ने यस ट्यालेन्ट कन्टेस्टको तेस्रो संस्करणका लागि अहिले आवेदन फारम खुला गरिएको कलश इभेन्ट्सकाअध्यक्ष रामेश्वर श्रेष्ठले बताए ।

kalash

प्रतियोगितामा सहभागी बालिकाहरुलाई एक महिना तालिम दिइने छ । प्रशिक्षण अवधिभर विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकद्वारा नेत्तृत्व, व्यक्तित्वविकास, सुरक्षाव्यवस्थापन, ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व, खेलकुद, स्टूडेन्ट क्वालिटी सर्कलजस्ता विधामा प्रशिक्षण प्रशिक्षण दिइने जनाइएको छ । उनीहरुलाई कोरियोग्राफर रोहिया महर्जन र मिस टिन नेपाल आस्था श्रेष्ठले गर्ने आयोजक संस्थाका निर्देशक संजय महर्जनले बताए । प्रतियोगिताको अन्तिम स्पर्धा फागुणको पहिलोे साता राष्टिय नाचघरको डबलीमा हुनेछ ।

Comments