८७औं एकेडमी अवार्ड ओस्करको नोमिनेसन सार्वजनिक
screennepal
प्रकाशित: २०७१, २ माघ शुक्रबार
no img

लस एन्जलस । ८७औं एकेडमी अवार्ड ओस्करको नोमिनेसन सार्वजनिक गरिएको छ । यसपटक पीरियड क्राइम फिल्म ‘द ग्रान्ड बुडापेस्ट होटल’ र डार्क कमेडी ‘बर्डमेन’ सबैभन्दा धेरै विधामा नोमिनेसनमा परेका छन् । यी फिल्म नौ–नौ विधामा स्पर्धा गर्दैछन् । ओस्कर पुरस्कार २२ फ्रेबुअरीमा प्रदान गरिँदै छ । दोस्रो विश्वयुद्धमा आधारित ब्रिटिस फिल्म ‘द इमिटेशन गेम’ आठ विधामा नोमिनेसनमा परेका छन् । नोमिनेसन बिहीबार साँझ सार्वजनिक गरिएको हो ।

academy_awards
त्यस्तै, वास्तविक जीवनबाट प्रेरित नाटकीय फिल्म ‘अमेरिकन स्निपर’ र ‘ब्वोयहुड’ ६–६ विधामा नोमिनेसनमा परेको छ । समान्यतया रिलिज भइसकेका फिल्मलाई ओस्करमा समेट्ने गरिन्छ । तर, धेरैअघि रिलिज भएका फिल्मलाई लिइने गरिएको छैन । यसपटक ‘बर्डमेन’, ‘द इमिटेशन गेम’, ‘अमेरिकन स्निपर’, ‘ब्वोयहुड’, ‘सेल्मा’, ‘द थ्योरी अफ एभरीथिङ’ र ‘व्हिपलेश’ सर्वश्रेष्ठ फिल्मको श्रेणीमा नोमिनेसनमा छन् ।
‘बर्डमन’ का निर्देशक एलेजोन्द्रो गोन्जालिज, ‘ब्वोयहुड’ का निर्देशक रिचर्ड लिन्कलेटर, ‘फोक्सकैचर’ का निर्देशक बेनेट मिलर, ‘बुडापेस्ट’ का एन्डरसन र ‘द इमिटेशन गेम’ का लागि मार्टिन टिल्डम सर्वोकृष्ट निर्देशकमा नोमिनेसनमा परेका छन् । ‘बर्डमैन’मार्फत अभिनेता माइकल किटोन सर्वश्रेष्ठ अभिनेतामा नोमिनेसनमा छन् । साथै, एलेने ट्यूरिङ, ब्रेडली कूपर, एडी रेडमैने पनि सर्वश्रेष्ठ अभिनेताको दाबेदारमा छन् ।
सर्वश्रेष्ठ अभिनेत्रीको श्रेणीमा गोल्डन ग्लोब विजेता जुलियाने मूरे, मेरियन कोटिलार्ड, रिज विदरस्पून, फेलिसिटी जोन्स र रुसामुन्ड पाइक दाबेदार छन् । २२ फ्रेबुअरीमा हलिउडको डाल्बी थियटरमा हुने ओस्करमा यसपटक नेपाल र भारतको कुनै फिल्म छैन । यसपटक ओस्कर कार्यक्रम नील प्याट्रिक हैरिसले सञ्चालन गर्दैछन् ।

Comments