‘अझै केही समय म सिंगल नै बस्छु’
screennepal
प्रकाशित: २०७१, १ माघ बिहीबार
no img

लस एन्जलस । हलिउड सेलिब्रेटीका लागि ‘सिंगल’ र ‘डबल’ कुनै मतलव छैन । आज ‘डबल’ भोलि ‘सिंगल’, योक्रम चलिरहेकै हुन्छ । तैपनि हलिउडे सेलिब्रेटीहरु सिंगल हुँदा गर्वका साथ भन्ने गर्छन्, ‘म सिंगल छु ।’ यसको मतलव ‘जोडी’ खोज्नु पनि हो ।
यस्तै, प्रेमी चेञ्ज गरिरहन खप्पिस हलिउडकी चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेजले पनि आफू सिंगल रहेको कुरा गर्वका साथ मिडियालाई बताएकी छन् । उनले भनिन्, ‘म अहिले पनि सिंगल छु ।’ जेनिफरले आफ्नो पूर्वप्रेमी कैस्पर स्मार्टसँगै डेटिङ सुरु गरिन् भन्ने कुरालाई पनि खन्डन  गरिन् । जेनिफरले दावीका साथ भनिन्, ‘म अहिले कसैसँग डेटमा छैन । केही समययता एकदमै सिंगल छु ।’ उनको कुरामा विश्वास गर्ने ठाउँ नभएपनि ‘सिंगल’ गफले जेनिफरलाई अहिले चर्चामा ल्याएको छ ।

jennifer-lopez-
यी अभिनेत्रीले अमेरिकाकै एक पत्रिकालाई भनेकी छन्, ‘मलाई आफ्नै खुसी र हिसाबले रहन राम्रो लाग्छ । एक समय यस्तो पनि थियो, मेरो प्रतिक्रियामा कुनैले सम्झौता गर्दैनथ्यो ।’ आफूले जे चाह्यो, त्यहीं पुग्ने बताउँदै जेनिफरले भनिन्, ‘तर अहिले मैले कुनै इच्छाएको छैन ।’ जेनिफरले पछिल्लो समय पति मार्क एन्थनीसँग सम्बन्धविच्छेद गरेपछि कैस्परसित डेटिङ सुरु गरेकी थिइन् । तर, कैस्परसँग पनि सन् २०१४ मा उनी अलग भइकी थिइन् । केही साताअघि मात्र जेनिफर आफ्ना पूर्वप्रेमीसँगै रोमान्स गर्न थालिन् भन्ने समाचार आएको थियो । त्यसलाई उनले ‘निराधार’ बताएकी छन् । उनी भन्छिन्, ‘अझै केही समय म सिंगल नै बस्छु । यसैमा मलाई आनन्द छ ।’

Comments