हरिण शिकार प्रकरणमा सलमानलाई हाईकोर्टको धक्का !
screennepal
प्रकाशित: २०७१, ३० पुष बुधबार
no img

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई कालो हरिण शिकार प्रकरणमा उच्च अदालतको धक्का लागेको छ । हरिण शिकारबारे भारतको हाईकोर्टले सलमानलाई दोषी ठहराउँदै विदेश जान रोक लगाएको छ । राजस्थान हाइकोर्टले तल्लो अदालतको फैसलामाथि सुनुवाई गर्दै यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अब अर्को अदालतको आदेशविना सलमान विदेशमा जान पाउने छैनन् ।

salmankhan
सरकारी वकिल वरुण पुनियाले सलमानलाई उच्च अदालतले सलमानलाई हरिण शिकार प्रकरणमा दोषी ठहराएको बताए । तल्लो अदालतले दिएको अपिलमा त्यसको पुर्नविचार गर्न निर्देशन दिइएको छ ।
यस विषयमा राजस्थानको तल्लो एक अदालतले सलमानलाई ६ वर्षअघि नै दोषी ठहराई सजाय सुनाएको थियो । त्यो समयमा सलमानलाई बेलायतको भिषा रोक्का गरिएको थियो । त्यसपछि सलमानले राजस्थान हाईकोर्टमा अपिल गरेका थिए, जुन तल्लो अदालतको फैसला गर्न रोकी विदेश जान खुला गरेको थियो । हाईकोर्टको यस फैसलामाथि उठेको सवालमा राजस्थान सरकारले सुप्रिम कोर्टलाई चुनौती दिएको थियो ।
सन् १९९८ मा एक फिल्मको सुटिङको दौरान सलमान र उनका साथी अन्य केही कलाकारमाथि कालो हरिणको शिकार आरोपमा मुद्दा दायर भएको थियो । यसमा सलमान खान मुख्य आरोपी थिए, जबकि सैफ अली खान, तब्बू र सोनाली बेन्द्रे पनि यस प्रकरणमा आरोपी थिए । यसको सुनुवाई सन् २००६ मा तल्लो अदालतले गरेको थियो, जसमा सलमान खानलाई पाँच वर्ष जेल सजाय सुनाइएको थियो । तर, उनी केही समय जेल बसेर जमानतमा छुटेका थिए ।

Comments