सर्वनामले देशव्यापी १० मिनेट नाट्यमेला आयोजना गर्ने
screennepal
प्रकाशित: २०७१, २८ पुष सोमबार
no img

10 minutes designकाठमाडौं । नेपाली रंगमञ्च तथा रंगकर्मप्रति नयाँ पुस्ताको लगाव र जुझारुपनलाई मध्यनजरमा राख्दै सर्वनाम थिएटरले १० मिनेट नाट्य मेलाको आयोजना गर्ने भएको छ । सोमबार थिएटरले प्रेस विज्ञप्तिमार्फत नाट्य मेलाबारे जानकारी गराएको हो ।
नेपालको रंगमञ्च क्षेत्रमा सर्वनाम को अग्रिणी संस्था मानिन्छ । यस्थाले १० फागुनमा १० मिनेट समावधिको नाट्य मेला गर्न लागेको हो । युवापुस्ताको रंगमञ्चप्रति बढ्दै गएको रुचि र रंगमञ्चको अभावमा गुस्मसीएर रहेका नाट्य प्रतिभालाई उजागार गर्नलाई नाट्यमेला आयोजना गर्न लागेको थिएटरले जनाएको छ । मेलामा सहभागीका लागि कुनैपनि उमेर समुह वा बिषयबस्तुको सिमा तोकिएको छैन ।
पछिल्लो समय फेरि जुर्मुराएको नाट्य क्षेत्रमा रंगमञ्च तथा रंगकर्मप्रति नयाँपुस्ताको पनि चासो बढ्दै गएको छ । १० मिनेट नाट्यमेला देशव्यापी रुपमा आयोजना गर्ने थिएटरले जनाएको छ । नाट्य मेलामा सहभागी हुनका लागि नाट्य प्रस्तुतिको अवधि अधिकतम १० मिनेट वा सोभन्दा कम हुनुपर्ने जनाइएको छ । सहभागिताका लागि दर्ता गराउन जाँदा कलाकारले आफ्नो नाटकको कथासार आयोजकलाई अनिवार्य रुपमा बुझाउनुपर्ने प्रावधान बनाइएको छ ।

Comments