धुनमा बज्यो मुकेशको प्यार (भिडियो)
screennepal
प्रकाशित: २०७१, २८ पुष सोमबार
no img

काठमाडौं । चैत्र ६ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘धुन’ को नयाँ गीत रिलिज गरिएको छ । निर्माता सुशील शाहले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्रको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा चलचित्रका लिड कलाकार मुकेश ढकाललाई फिचरिङ गरिएको छ । साथै, जीवन लुईंटेल, नीता ढुंगना, श्रेया दुलाल, उमावेवीलगायतले मुकेशलाई साथ दिएका छन् ।

mukesh dhakal
चलचित्र ‘धुन’ को सार्वजनिक ‘मेरो प्यार’ बोलको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने संगीत लक्की सिटौलाले भरेका छन् । गीतको शब्द पनि संगितकार सिटौलाकै हो । यसअघि सार्वजनिक भएको ‘केहि पल’ बोलको गीतले चलचित्र बजारमा राम्रै चर्चा पाइरहेको छ । गीतको चर्चाले चलचित्रबाट आफू आशावादी रहेको निर्देशक कृष्ण पौडेल बताए । मालती शाह प्रस्तुतकर्ता रहेको यो चलचित्रमा सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन भट्टराईको लगानी छ । सांगीतिक प्रेम कथामा आधारित यस चलचित्रको सांगीतिकपक्ष उत्कृष्ट रहेकोले निर्माणपक्षको दावी छ ।

https://www.youtube.com/watch?v=QGBqPxpLhf4

Comments