‘सोचेजस्तो भए जीवन’ के हुन्थ्यो होला ? (भिडियो हेर्नुहोस्)
screennepal
प्रकाशित: २०७१, २५ पुष शुक्रबार
no img
milan

मिलन अमात्य, गायिका

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका मिलन अमात्यले आफ्नो ‘मधुर मिलन’ एल्बमको दोस्रो म्युजिक भिडियो हालै सार्वजनिक गरेकी छन् । एल्बमको ‘सोचेजस्तो भए जीवन, म त कति बाँच्थे होला’ बोलको गीतको म्युजिक भिडियो टेलिभिजन तथा यु–ट्युबमार्फत सार्वजनिक गरेकी हुन् । प्रदीप निरौलाले निर्देशन गरेको सो म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र दीवश उप्र्रेतीले मोडलिङ गरेका छन् । सुनिल मास्केको एकल शब्द तथा सचिन सिंहको एकल एरेञ्ज रहेको ‘मधुर मिलन’ का गीतहरुले चर्चा पाइरहेको बेला नयाँ भिडियो रिलिज गरिएको हो । केही दिअघि रिजिल गरिएको सो भिडियो श्रोता÷दर्शकले रुचाएको र राम्रो प्रतिक्रिया पाइरहेको गायिका मिलनले बताइन् । पछिल्लो समय मिलन पाश्र्वगायन तथा स्टेज कार्यक्रममा व्यस्त छिन् ।

https://www.youtube.com/watch?v=bWOz3LJRs6Y

Comments