‘भाइरल’ बन्दै भिडियो निर्देशकको कर्तुत !
screennepal
प्रकाशित: २०७१, २४ पुष बिहीबार
no img

काठमाडौं । ‘छैन तिमीविना वसमा यो मन, किन तिम्रै यादमा’ यो गीतको गायिका हुन्, मेनुका राई । गीत निकै प्रेम भावनात्मक छ । त्यसैले होला, यस गीतको म्युजिक भिडियोको निर्देशन गर्ने मुनालशिशिर कोइरालाले मोडलसँग नै यौन प्रस्तावसम्म राख्न भ्याए । मोडल तथा अभिनेत्री आयुषा राईले आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेखेपछि यस्तो खुलासा भएको हो ।

mulal 12

मुनालशिशिर कोइराला

मेनुकाको उक्त गीतको म्युजिक भिडियो चार दिनअघि राजधानीको तीनकुनेस्थित रोयल  ब्याङक्वेटमा राति १२ बजेसम्म छायांकन गरिएको थियो । त्यसदिन त्यहाँबाट म्युजिक भिडियो क्रयु राति १२ ः ३० मा फर्केको थियो । सुटिङ प्याकअप हुँदा ब्याङक्वेटको किचेन बन्द भइसकेको थियो । त्यसैले मुनालले खाना बाहिर कतै खाने भन्दै त्यहाँबा हिडेको स्रोतको भनाइ छ । सोही रात फेसबुक चाटमा शिशिरले आयुशषालाई आफूसँग रात बिताउन प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
आयुषाले बुधबार साँझ ७ बजे अपडेट गरेको स्टाटसमा निर्देशक शिशिरले आफूलाई यौन प्रस्ताव राखेका उल्लेख गरेकी छन् । चलचित्र तथा गीतसंगीत क्षेत्रमा प्रेम, रोमान्स र सेक्सजस्ता विषयमा प्रायः स्क्यान्डलहरु आइरहेपनि पीडितले नै सामाजिक सञ्जालबाट पर्दाफास गरेको सम्भवतः नेपाली रंगीन दुनियाँका लागि यो पहिलो घटना हो ।

aayusha

मोडल तथा अभिनेत्री आयुषा राई

चलचित्र ‘बिर्खेलाई चिन्छस्’मार्फत अभिनयमा प्रवेश गरेकी मोडल आयुषाले शिशिरले आफूलाई यौन प्रस्ताव राखेको सार्वजनिक गर्दै ‘नयाँ आउने बहिनीहरुलाई सचेत गराएको’ उल्ल्ेख गरेकी छन् । आफूसँग सुते तीन महिनामै नेपालको टप नायिका बनाइदिने आश्वासन दिँदै आफूलाई शिशिर फिलिङस्मा सुत्नुपर्ने सर्त राखेको उनले जनाएकी छन् । आयुषाको स्टाटसमा शिशिरलाई ‘दुई कौडीको मान्छेलाई सम्झाएर, बुझाएर फाइदा नहुने’ उल्लेख गरेकी छन् । आयुषाले सिधै ‘यौन प्रस्ताव’ नभने पनि उनले ‘वर्ड पनि भन्नै नमिल्ने’ जनाएकी छन् । शिशिरले आयुषासँग ‘रिलेसनशीप’ को कुरा गरेका छन् । त्यसकै जवाफ हुनसक्छ आयुषाले स्टाटसमा लेखेकी छन्, ‘रिलेसशीप रे, को सँग, बेडमा सुत्नुप-यो रे, त्यो पनि वाइड फिलिङस्मा । त्यसरी धेरै एक्ट्रेससँग काम भाको छ होला’ आयुषाले लेखेकी छन् । आयुषालाई शिशिरदेखि धेरै रिस उठेको हुनुपर्छ, उनले शिशिरलाई ‘डेढ फुटको साह्रै फोहोरी मान्छे, काममा पनि कसैलाई त्यतिधरै इज्जत नगर्ने, कसको कसको हातबाट पिटाइ पनि खाइसक्नुभएको, साहै्र नराम्रो मार्केट रकर्ड भाको मान्छेले मसँग रात विताउने अप्रोच’ भनेर शिशिरमाथि रिस पोखाएकी छन् । आयुषाले ‘भिडियोको पेपेन्ट लिनेबेलामा फेस टु फेस भेटेर कुरा गर्छु’ पनि भनेकी छन् । तर, उनले शिशिरलाई भेटे कि भेटिनन् । यसबारे जानकारी लिन खोज्दा न आयुषा सम्पर्कमा आइनन्, न त निर्देशक शिशिर नै । जेहोस् आयुषाले हिम्मत गरिनन् र एउटा निर्देशकको कर्तुत फर्दाफास भएको छ, जसले नवोदित मोडल तथा अभिनेत्रीका लागि सजग गराउने छ । यो कुरा आयुषाले पनि उल्लेख गरेकी छन् ।

munal-aausha-chat

आयुषाको फेसबुक स्टाटस

आयुषाले निर्देशक शिशिरको कर्तुतको विषयमा खुलासा गरेपछि फेसबुकमा निर्देशक शिशिरलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरा उठ्न थालेको छ । आयुषाले सोही स्टाटसमा परिश्रमिक लिन बाँकी रहेको भन्दै पैसा लिन आउँदा फेस–टु फेस कुरा गर्ने बताएकी छन् । आयुषाले शिशिरको कर्तुत सार्वजनिक गरेपनि उनले ‘सर’ भनेर सम्मानीत भाषा प्रयोग गरेकी छन् । आयुषाको स्टाटसलाई लिएर सामाजिक सञ्जाल रंगिएका छन् भने अनलाइन पोर्टलहरुमा उक्त समाचार ‘भाइरल’ बन्दै गएको छ ।

Comments