हाँसेरै सकियो ‘हाउ फन्नी’
screennepal
प्रकाशित: २०७१, २१ पुष सोमबार
no img

काठमाडौं । चलचित्र ‘हाउ फन्नी’ को छायांकन सकिएको छ । २० मंसिरबाट छायांकन प्रारम्भ भएको यो चलचित्र २५ दिनमा छायांकन सकिएको हो । यस चलचित्रकी कार्यत्रकारी निर्माता माल्भिका सुब्बाले ३० दिनमा सुटिङ सक्ने बताएकी थिइन् । उनले भनेको ५ दिन अगावै आइतवार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको छ ।

1
चलचित्रको छायांकन सकिएको भएपनि ३ वटा गीतको छायांकन भने गर्न बाँकी रहेको निर्माणपक्षले जनाएको छ । मौसमका कारणले सम्पूर्ण सिन सकिए पनि गीतको सुटिङ बाँकी रहेको निर्देशक निलु डोमा शेर्पाले बताइने । उनले चलचित्र छायांकन रमाइलो तरिकाले सकिएको पनि बताइन् । ‘सबैले साथ दिएकाले काम गर्न सजिलो भयो’ उनले भनिन्, ‘सायद चलचित्रको नामले गर्दा पनि हाँसेर रमाइलो गरेरै छायांकन सकिएको छ ।’

malvika subba
चलचित्रको ‘इन्ड क्ल्यापको छायांकनमा दयाहाङ राई, प्रियंका कार्की र केकी अधिकारी उपस्थित थिए । चलचित्रमा प्रियंका र केकीलाई जासुसको भूमिकामा देख्न सकिन्छ । चलचित्रको छायांकन काठमाडौ र थानकोटमा गरिएको छ । यसै चलचित्रमार्फत माल्भिका निर्मात्रीको रुपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले भनिन्, ‘ुहामीले जुन आशा गरेर छायाँकनमा गएका थियौं, त्यही पायौ । हामीले सोचेको कुरामा हामी सफल भएका छौ ।’ उनले चलचित्र निर्मात्रीको अनुभव आफ्ना लागि नौलो रहेको समेत बताइन् । ‘सुरुमा निकै आतिएको थिएँ’ माल्भिकाले भनिन्, ‘तर गदै गएपछि सजिलो भयो ।’ यस चलचित्रलाई कमेडी थ्रिलर भनिएको छ । यस चलचित्रलाई आङनुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाले निर्माण गरेका हुन् । चलचित्रमा प्रियंका, केकी, दयाहाङका अलावा अनुप बिक्रम शाही, निशा अधिकारी र शिशिर राणाको मुख्य अभिनय छ ।

Comments