राजपाक्षेको प्रचार गर्दा सलमानविरुद्ध नाराजुलुस
screennepal
प्रकाशित: २०७१, २० पुष आईतवार
no img

मुम्बई । बलिउड अभिनेता सलमान खानविरुद्ध नाराबाजी भएको छ । केहीदिन अघि उनी श्रीलंकन राष्ट्रपति निर्वाचनमा भोट माग्न श्रीलंका पुगेका थिए । यसै विषयलाई लिइर आइतबार बिहान उनको घर बाहिर विरोध प्रदर्शन गरिएको हो । सलमानको घर बाहिर विरोध प्रदर्शन भएपछि उनको सुरक्षार्थ प्रहरी खटिएका छन् । अहिले सलमानको घरवरिपरी प्रहरीले कडा सुरक्षा व्यवस्था गरेको भारतीय सञचारमाध्यमले जनाएका छन् ।

salman_
समाचारमा बताइएअनुसार सलमान श्रीलंकन अभिनेत्री जैकलिन फर्नाडिजसँग श्रीलंका पुगेका थिए । त्यहाँ पनि केही तामिल समूहले सलमानको विरोध गरेका थिए । प्रदर्शनमा उत्रिएका तामिलहरुले सलमानलाई आफ्नो मनबाट हटाएको भन्दै उनी श्ररीलंका जान नहुने बताएका छन् । यसबारे अहिलेसम्म सलमान केही प्रतिक्रिया दिएका छैनन् । तर, तमिलहरुले भने सलमानले माफी नमागेसम्म विरोध प्रदर्शन नरोक्ने बताएका छन् ।
सलमान खान श्रीलंका पुगेर त्यहाँ आसन्न राष्ट्रपति चुनावका लागि महेन्द्र राजापाक्षेको पक्ष्मा भोट मागेका थिए । सलमानको यस कार्यको विरोध गर्दै तामिल समुहले विरोध जनाएको हो । विरोध प्रर्दशनमा उत्रिएका केहीलाई प्रहरीले गिरफ्तार गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । गत वर्ष पनि सलमान श्रीलंकाको आमचुनावमा राष्ट्रपति महिन्दा राजपाक्षेको पार्टीको प्रचार गर्न श्रीलंका गएका थिए ।

Comments