सोनियाले चुमिन् दोस्रो ‘मिस नर्स’को ताज
screennepal
प्रकाशित: २०७१, २० पुष आईतवार
no img

DSC_0392

काठमाडौं । दोस्रो मिस नर्सको ताज सोनिया आचार्यले चुमेकी छन् । शनिबार साँझ भद्रकालीस्थित आर्मी अफिसिर्यस क्लबमा सम्पन्न ‘मिस नर्स–२०७१’ मा आफ्ना ४४ स्पर्धीलाई उछिन्दै सोनिया ‘मिस नर्स’ बन्न सफल भएकी हुन् । सोनियाले शिर्ष उपाधिसहित ‘ब्युटि वीथ ब्रेन’ पनि जितिन् । नेक्स्ट मोडल नेपालद्वारा आयोजित प्रतियोगितामा देशभरका नर्सिङ कलेज एवं अस्पतालमा अध्ययनरत तथा कार्यरत ४५ जना नर्स सुन्दरीले अन्तिम स्पर्धामा सहभागी जनाएका थिए ।

DSC_0392
कार्यक्रममा आस्रा रजक फस्ट रनरअप र श्रीदेवी शर्मा सेकेन्ड रनरअप भएका छन् । आस्राले ‘मोस्ट फोटोजेनिक’ र श्रीदेवीले ‘सोसल वर्कर’ को सबटाइटल पनि जित्न सफल भए । बाक्लो दर्शकबीच आयोजना गरिएको कार्यक्रममा विभिन्न टाइटल उपाधि दिइएको थियो, जसमा शिवानी मल्ल मोस्ट ब्युटिफूल, श्रेया गजुरेल बेस्ट स्माइल, अनिता गुरुङ बेस्ट क्याटवाक, सृष्टि मानन्धर बेस्ट पर्सनालिटी, कविता श्रेष्ठ डिस्प्लिन, कुसुम अधिकारी बेस्ट हेयर र भुमी श्रेष्ठले बेस्ट स्किनको उपाधि जिते ।

DSC_0376
विभिन्न सांगीतिक कार्यक्रकबीच आयोजित प्रतियोगितामा राधिका बोगटी पब्लिक च्वोइज, ममता थापा मोस्ट फ्रेन्डली, जानकी श्रेष्ठ मोस्ट पपुलर, आश्मीशा पाण्डे मोस्ट बडी र शर्मिला थापाले बेस्ट नर्सिङ डे«स उपाधि जित्न सफल भएका छन् । प्रतियोगिता सोचेभन्दा सफल भएको आयोजक संस्था नेक्स्ट मोडलका निर्देशक रवि धमलाले बताए । ‘गत वर्षको भन्दा बढी उत्साह देखियो’ कार्यक्रम सकिएपछि धमलाले भने, ‘प्रतियोगी र दर्शकको उत्साहले हामीलाई थप प्रेरणा मिलेको छ ।

Comments