१० वर्षे करिअरमा के–के गरिन् विद्या बालनले (कुराकानी)
screennepal
प्रकाशित: २०७१, १८ पुष शुक्रबार
no img

बलिउड अभिनेत्री विद्या बालन ३५ वर्षकी भइन् । १ जनवरीमा जन्मिएकी विद्याले नयाँ वर्षसँगै आफ्नो जन्मदिन मनाइन् । विद्याको बलिउड इन्ट्री ठ्याक्कै १० वर्ष पुग्यो । भट्ट क्याप्पबाट बलिउड इन्ट्री गरेकी विद्या अभिनीत पहिलो फिल्म ‘परिणीता’ हो । यो फिल्म १२ जुन २००५ मा रिलिज भएको थियो । त्यसको ठीक १० वर्षपछि उनी अभिनीत फिल्म ं‘हमारी अधूरी कहानी’ १२ जूनमै रिलिज हुँदै छ  । महेश भट्टको लेखन तथा मोहित सुरी निर्देशित यस फिल्ममा विद्याका साथ इमरान हाश्मी र राजकुमार राव देखिँदैछन् । बिहीबार ३५औं जन्मदिन मनाएकी बिद्यासँग एजेन्सीले गरेको कुराकानी प्रस्तुत छ ।

Vidya-Balan_

अभिनेत्री विद्या बालन

तपाईँ ट्विटरमा छाउनुहुन्छ है ?
त्यतिधेरै त होइन, पछिल्लो चार वर्षयता ट्विटरमा छु । साथीहरु खोजिरहेका कारण हो । मलाई लाग्थ्यो सोशल साइटमा के गर्न सक्छु र ? अहिले पनि त्यतिधेरै त होइन, फिल्मका कुरा गर्छु  । जनता ई–मेल र चिठ्ठीमा भर परिरहेका बेला ट्विटर आएपछि सजिलो भएको छ । म फ्यानसँग नजिक हुन पाएकी छु । दर्शकको माया बटुल्नसमेत ट्विटर सहारा भएको छ ।
‘हमारी अधूरी कहानी’ गरिरहनुभएको छ । ‘परिणीता’पछि रोमाञ्चक लभ–स्टोरी दो-याउँदै हुनुहुन्छ होइन त ?
‘हमारी अधूरी कहानी’ एकदमै रोमाञ्चक लभ स्टोरी फिल्म हो । ‘परिणीता’पछि मलाई पूरै १० वर्षपछि एक इन्टेन्स लभ स्टोरी गर्दै छु । यस फिल्मसँगै मेरो इन्डस्ट्रीमा १० वर्ष पूरा हुँदैछ । महेश भट्टले एकदमै राम्रो कथा लेखेका छन् । उनको फिल्म ‘अर्थ’ बाट ममा गहिरो प्रभाव थियो । तर, मेरो इन्डस्ट्रीमा प्रवेशअघि नै उनले निर्देशन छाडेका थिए । एक लेखक भएकाले उनलाई फिल्मको राम्रो अनुभव छ । फिल्मको प्रि–प्रोडक्शनको दौरानमा हामीले धेरै कुरा ग¥यौ ।
महेश भट्टसँग तालमेल कस्तो लाग्यो ?
फिल्म इन्डस्ट्रीमा आएपछि गुलजÞार साहब र भट्ट साहबका साथ काम गर्ने सपना थियो । भट्ट साहबको भिजÞन यस फिल्ममा छ । र, गुलजार साहबका साथ काम गर्ने अझै आधी सपना बाँकी छ । भट्टको अनुभव धेरै छन् । उनको सोच एकदमै फरक छ । म उनीबाट धेरै कुरा सिक्ने कोशिस गरेकी छु ।
इन्डस्ट्रीमा १० वर्षे यात्रामा के देख्नुभयो ?
मैले जे सोचेकी थिएँ, त्योभन्दा धेरै पाएँ । यहाँसम्म एकदमै राम्रो यात्रा रह¥यो, राम्रो मान्छेसँग राम्रो काम गर्न पाएँ । माया पाएँ । यो क्रम जारी रहेको छ । महिला केन्द्रित फिल्ममा फर्केकी छु ।
स्टारडम र डिज्नीका सीईओकी पत्नी भएर पनि तपाईं यति सरल हुनुहुन्छ नि ?
मलाई दर्शकका बीच रहन मनपर्छ । सुटिङ सेटमा पनि सबैका बीच बस्छु । आफ्नो काममा मिहिनेत गर्न मनलाग्छ । त्यसैले होला मलाई मान्छेले आफ्नै सम्झिन्छन् । मेरो बाल्यकाल चेम्बरमा बित्यो । त्यतिखेर संयुक्त परिवारको धारणा सक्यो भन्ने  थियो । तर, मुम्बईजस्तो सहरमा फर्केपछि सानो परिवारमा बस्न सम्भव भएन । मैले सोचिन पनि मान्छेबाट टाडा बस्छु भनेर । म सधै मान्छेको भीडमा रमाउन चाहन्छु । सामाजिक कार्य होस् वा सुख–दुख, सधै समाजमै रहन चाहन्छु । अहिले पनि मेरो धारणा यही छ । म जुन मान्छेसँग काम गर्छु, उसको बारेमा पूरा जानकारी लिन्छु ।
निर्देशनमा आउने सोच छैन ?
छैन, ममा निर्देशक बन्ने क्षमता छैन । निर्देशनको काम सबैभन्दा कठिन हुन्छ । कलाकारले राम्रो परर्फमेन्स दिने हो । तर, निर्देशकले पूरै यूनिटका साथ काम गर्न सक्नुपर्छ । फिल्म सुरु हुनअघि र पछि पनि निर्देशककै काम हुन्छ । म त्यतिधेरै जाँन्दिन पनि । वस, म राम्रो अभिनय गर्न चाहन्छु ।

Comments