शालिनदीका श्रद्धालुलाई ‘झोला’
screennepal
प्रकाशित: २०७१, १६ पुष बुधबार
no img

12

काठमाडौं । शालीनदीमा ‘झोला’ देखाइने भएको छ । पुस शुक्ल पुर्णिमाबाट साँखुस्थित शालिनदीमा लाग्ने श्वस्थानी मेलामा चलचित्र देखाइन लागिएको हो । सतिप्रथामा आधारित यस चलचित्रलाई मेलामा एक महिनसम्म देखाइने निर्माणपक्षले जनाएको छ । श्वस्थानी व्रत सुरु हुने दिन अर्थात् २१ पुसबाट २० माघसम्म ‘झोला’ प्रर्दशन हुने छ ।
साँखुमा एक कार्यक्रमबीच चलचित्र युनिट र माधवनारायण श्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको सहकार्यमा चलचित्र प्रदर्शन गर्ने जनाएको हो । कार्यक्रममा आयोजक समितिका अध्यक्ष दीलिपकुमार श्रेष्ठले चलचित्रमा पुरानो नेपाली समाजको यथार्थ कथा रहेको र श्वस्थानी व्रत कथासमेत जोडिएकाले श्रद्धालुलाई देखाउन लागिएको बताए ।

jhola1
‘झोला’ का निर्देशक यादवकुमार भट्टराईले महिलाहिंसा बिरोधी आवाज बुलन्द गरेको र सार्वजनिक प्रदर्शनमा आउँदा समयमा नपाएका दर्शकका लागि मेलामा देखाउन लागेको बताए । मेलामा बर्सेनी २५ लाखदेखि ३० लाखसम्म श्रद्धालु तथा भक्तजन साली नदी आउने गर्छन् । शाली नदीमा स्नान थता व्रत कसेमा आफ्नो मनोकामना पुग्ने जनविश्वास छ । मालती शाह, रामगोपाल थापा र सुशील शाहको लगानी रहेको ‘झोला’ मा गरिमा पन्त, सुजल नेपाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनाललगायतका कलाकारको अभिनय रहेको छ ।

Comments