बिग बोसपछि ‘बिग बोस हल्ला बोल’ सुरु हुँदै
screennepal
प्रकाशित: २०७१, १६ पुष बुधबार
no img

bigg-boss-halla-bol_s_650_122814072047

मुम्बई । ३ जनवरीमा ‘बिग बोस’ को सिजन ८ सकिँदै छ । निरन्तर १५ हप्ता दर्शकलाई मनोरन्जन प्रदानपछि यस चर्चित रियालिटी सोको यो सिजन समाप्त हुन लागेको हो । ३ जनवरीमै यस सिजनका विजेताको नाम घोषणा हुने छ ।
‘बिग बोस–८’ को खेल सकिएकै अर्को दिन ४ जनवरीमा ‘बिग बोस हल्ला बोल’ सुरु हुँदै छ । यसमा ‘बिग बोस’ का पूर्वपाँच सदस्य रहने छन्, जसमा राहुल महाजन, सम्भावना सेठ, एजाज खान, महक चहल र एक पूर्वच्याम्पियन पनि सामेल हुने भएका छन् । यस सिजन आठको पाँच च्याम्पियनलाई चुनौती दिने सोको होस्ट फराह खानले गर्ने भएका छन् । सो राती नौ बजेपछि आउने छ ।
फराह खानले यसको पुष्टि गर्दै भने, ‘मलाई बिग बोसमा देखिन एकदमै मन थियो । यो रहर बिग बोस हल्ला बोलबाट पूरा हुँदै छ । यो एकदमै फरक किसिमको सो हो ।’

Comments