एकै मञ्चमा सुप्रिया र पियंकालाई ताज
screennepal
प्रकाशित: २०७१, १४ पुष सोमबार
no img

काठमाडौं । सुप्रिया हमाल ‘मिस प्लस टु नेपाल’ र प्रियंका पाण्डे ‘नेपाल्स मिस टीन अफ द इयर–२०१४’ घोषित भएका छन् । युवन इन्टरनेशनल इभेन्ट प्रालि र रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा एकैसाथ भद्रकालीस्थित आर्मी अफिसर्स आयोजना गरेको प्रतियोगितामा सुप्रिया र प्रियंका मस्ट पपुलरसमेत चुनिए ।

Supriya+Priyanka
प्लस टुमा अध्ययनरत २४ छात्राबीच भएको ‘मिस प्लस टु नेपाल’ मा मेघा प्रधान फस्ट रनरअप र व्युटीविथ पर्पस, अदिती पोखरेल सेकेण्ड रनर्सअप र मिस फोटोजेनिक तथा नेहा केसी थर्ड रनर्सअप र बेस्ट स्माइल तथा दावा ग्यालव लामा फोर्थ रनरअपका साथ फेसबुक च्वाईस भए ।
त्यस्तै, ‘नेपाल्स मिस टीन अफ द इयर’ तर्फ श्रीया समरी फस्ट रनरअप र मिस क्याटवक, कृतिका दाहाल सेकेण्ड रनरअप र मिस फोटोजेनिक तथा यशोदा राई थर्ड रनरअप र अनिशा किलम्बु फोर्थ रनर्सअप र बेस्ट हेयर भएका छन् । प्रतियोगितामा विभिन्न टाइटल उपाधि पनि दिइएको थिायो ।

Comments