झुम्की बन्दै रिश्मा गुरुङ
screennepal
प्रकाशित: २०७१, १४ पुष सोमबार
no img
jhumki 3

रिश्मा गुरुङ

काठमाडौं । चलचित्र ‘दासढुंगा’ निर्माण गरेका अपिल बिष्टले अब निर्देशन गर्ने भएका छन् । उनले सोसल ड्रामा ‘झुम्की’ निर्देशन गर्न लागेका हुन् । यसअघि निर्माताका रुपमा चिनिएका अपिलले भने, ‘यस क्षेत्रलाई बल्ल बुझँे । अब चलचित्र निर्देशन गर्दै छु ।’ उनका अनुसार पुस, फागुन र भदौ गरि ३ सेड्युलमा चलचित्रको छायांकन हुनेछ । चलचित्र ‘झुम्की’ रामबाबु गुरुङले लेखेका हुन् । रामबाबुले यसअघि ‘कबड्डी’ निर्देशन गरेका छन् । हाल केही दृश्य छायांकन भइरहेको यस चलचित्र २२ पुसपछि कलाकारका साथ छायांकनका लागि दाङतिर लाग्ने भएका छन् ।

reshma gurung at jhumki 2

चलचित्रको दाङ, लमही, नारायणघाट, बुटवल तथा काठमाडौमा छायांकन हुने भनिएको छ । अपिल बिष्ट फिल्म्स् प्रोडक्सनको ब्यानरमा बन्ने यस चलचित्रमा दयाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, भोलाराज सापकोटा, प्रमोद अग्रहरीलगायतका कलाकारको अभिनय रहने छ । यस चलचित्रको निर्माण विजयबिराज बिष्ट र सरिता केसीले गर्न लागेका हुन् ।

Comments