‘रन वे’ मा नर्स सुन्दरी (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, १३ पुष आईतवार
no img

IMG_4755

काठमाडौं । शनिबार साँझ । पुसको कठ्याग्रिदो चिसो । ढल्किँदो दिनसँगै चिसिँदै गएको मौसमलाई ‘मिस नर्स’ का प्रतियोगीले चुनौती दिएर, ‘रन वे’ मा ¥याम्प नापेर । फिटनेश फस्टले शनिबार आफ्नो दोस्रो वार्षिकी मनाएका छन् । सोही अवसरमा ‘मिस नर्स–२०७१’ मा स्पर्धा गरिरहेका केही प्रतियोगी -याम्पमा उत्रिएका थिए ।

IMG_4770
नेक्स्ट मोडलको संयोजत्वमा -याम्पमा उत्रिएका १२ नर्स सुन्दरीले सुरुमा क्याजुअल वेयरमा ‘रन वे’ नापेका थिए । मौसम सुहाउँदो क्युजिअल पहिरनमा नर्स सुन्दरीहरु -याम्पमा उत्रन्दा चिसो माहोल तातेको थियो । त्यसपछि दोसं्रो सिक्वेन्समा ‘ड्रेसिङ सेन्स’ मा नर्स सुन्दरीहरु स्टेजमा निस्किएका थिए । फेसन डिजाइनर राजेश नेपालको ‘ड्रेसिङ सेन्स’ को कोरियोग्राफी रवि धमला र यतना पान्डेले गरेका थिए ।

IMG_4763
आउँदो शनिबार राजधानीमा अन्तिम स्पर्धा हुन गइरहेको ‘मिस नर्स’ मा ४५ जना नर्स सुन्दरी स्पर्धा गरिहेका छन् । जसमा आश्रा रजक, सोनिया आचार्य, जानकी श्रेष्ठ, सिवानी मल्ल, ममता थापा, निर्भिशा केसी, राधिका बोगटी, अनिता गुरुङ, सुष्टि मानन्धर, ललिता श्रेष्ठ र शर्मिला थापा ‘रन वे’ मा उत्रिएका थिए भने ‘सो स्टफर’ गत वर्षकी मिस नर्स ज्वाला पौडेलले गरेकी थिइन् ।

IMG_4770

Comments