जाँजरकोट घटनामाथि गायत्रीले लेखिन् गीत (हेर्नुहोस् भिडियो)
screennepal
प्रकाशित: २०७१, १० पुष बिहीबार
no img

भेरी नदिमा बस खसेर पचास भन्दा बढीको मृत्यु भएको घटनाले लगाएको घाउ बिसेक भएको छैन । यही सन्दर्भमा त्यो दुःखद् घटनालाई समेटेर गीतकार गायत्री थापाले गीत लेखेकी छिन् । मंसिर ४ गते भएको यही घटनाको सेरोफेरोमा लेखिएको ‘कालो मंसिर’ नाम गीत रेकर्ड गरेर भिडियोका रुपमा सार्वजनिक भएको छ ।
‘घटनाले मन रोयो, मृतकलाई  श्रद्धाञ्जली र पीडित परिवारलाई संवेदना दिन गीत लेखेकी हुँ,’ गायत्रीले भनिन् । मृतकमा धेरै गरिव र दलित परिवार भएकाले गीत हेरेर अरुले पनि सहयोगका हात बढाउन् भनेर पनि गीतमा घटनाका फुटेज जोडेर भिडियो बनाएको उनले बताइन् । गीत गायक राजु सुनाम र बलबहादुर आरसीले गाएका छन् ।
हेर्नुहोस् भिडियोः
https://www.youtube.com/watch?v=FRdqnZAT3do

Comments