मरुभूमिमा खोजिँदै ‘प्रवासी नेपाली सिगिङ आइडल’
screennepal
प्रकाशित: २०७१, ८ पुष मंगलवार
no img

काठमाडौं । ‘जहाँ नेपाली, त्यहाँ रियिालिटी सो’ भन्दा फरक नपर्ला कि ? किनकि, जहाँ नेपाली पुगेका छन्, त्यहाँ विभिन्न रियालिटी सो अर्थात् प्रतिभा खोज्ने काम हुन थालेको छ । काठमाडौं, धरान र पोखराजस्ता नेपालका मुख्य सहरमा दिनदिनै विभिन्न टाइटल दिएर प्रतियोगिता भइरहेका बेला कतारमा पनि ‘सिगिङ आइडल’ खोजी हुँदैछ । ‘प्रवासी नेपाली सिगिङ आइडल–२०१४’ शीर्षक दिएर कतारमा गायन रियालिटी सो सुरु भएको छ, जसको पहिलो चरणको अडिसनसमेत सकिएको छ ।

Singing-Idol-2-1

निर्णायकको भूमिका निर्वाह गर्दै गायिका देविका केसीलगायत ।

प्रवासी नेपाली सांगीतिक परिवार र समाज सेवा अभियान रुपन्देही कतारको संयुक्त व्यवस्थापनमा कतारमा ‘सिङिगङ आइडल’को खोजी सुरु भएको हो । प्रतियोगिताको पहिलोे चरणको अडिसनमा ४४ जना दोस्रो चरणका लागि छनोट भएका छन् । तीन सदस्यीय निर्णायक मण्डल रहेको प्रतियोगितामा ६० जनाले अडिसन दिएका थिए, जसमा ४४ छनोट भएको आयोजकले जनाएको छ । निर्णायकमा चर्चित गायिका देविका केसी, दिनेश लिम्बू र सन्तोष परियार थिए भने बिमल गुरुङ, शिव गौतम, राकेश चाम्लिङ र देव न्यौपानेले पर्यवेक्षकको भुमिका निर्वाह गरेका थिए ।

Qatar-Singing-Idol-2-2

अडिसन दिँदै प्रतियोगी ।

आयाजकका अनुसार दोस्रो चरणको अडिसन २ जनवरीमा हुनेछ । यसपटक शक्ति क्षेत्रीको संयोजत्वमा मरुभूमिमा नेपाली सिगिङ आइडल खोजिँदै छ । नेपाली लोकसंस्कृतिको जर्गेना गर्नका साथै नयाँ प्रतिभाको खोजीका लागि केही वर्षयता कतारमा सिगिङ आइडल खोज्न थालिएको हो ।

पहिलो अडिसन पार गरेर दोस्रो चरणमा छनोट भएकाहरुमा ज्योती गुरुङ, सुबास बिक, भीम लामा, लीलाबहादुर बिक, मधु लामा, सुमन मगर, बिजय भण्डारी, ललितकुमार लिम्बू, जीवन खड्का, रविन शिवा, कर्ण रुम्दाली राई, दीलकुमार बिक, राजकुमार कार्की, देवबहादुर बिक, र अर्जुन खरेल रहेका छन् । त्यस्तै, सुपेन्द्र राई, सोम लिम्बू, शेरबहादुर लिम्बू, खगेन्द्र नेम्वाङ, सुमिन गुरुङ, सारुक सुन्दास, अमित राई देवान, सूर्यबहादुर नेपाली शिव शर्मा, रञ्जित थापा, देवबहादुर थापा, रेशम गुरुङ, डेनी बिक, केशव तामाङ, र दीपेश लिम्बू पनि दोस्रो चरणका लागि छनोट भएका छन् । यसैगरी दोस्रो चरण प्रवेश गर्नेमा शुभराज राई, रुपेश राई, चन्द्रबहादुर दर्जी, कविन गुरुङ, पिन्की थापा, दामोदर न्यौपाने, अमृत कुरुम्बाङ, नानु तामाङ, छवि रास्कोटी, एवन राई, सविर बस्नेत, जनक पौडेल, रामकुमार बान्तवा र छबिलाल लामा रहेका छन् । यिनै प्रतियोगीबीच एकजना ‘प्रवासी सिगिङ आइडल’ जन्मने छ । विभिन्न कामको सिलसिलामा कतार पुगेका यिनीहरुलाई अहिले कामको चटारोसँगै ‘सिगिङ आइडल’ बन्ने हतारो चढेको छ ।

Comments