कसले बनायो आर्यनको यो हालत !
screennepal
प्रकाशित: २०७१, ३ पुष बिहीबार
no img

10867083_619941974777727_678690708_nसुन्दर अभिनेता आर्यनको हालत हेर्नुहोस् त ! खुट्टामा चोट लागेका कारण बैशाखी टेकेर हिडिरहेका उनलाई लौरो नै टेक्ने बनाइदिएछन् नि । चकलेटी हिरोका रुपमा थुप्रै फिल्म खेलेका आर्यन सिग्देल पर्दामा पहिलोपल्ट बुढ्यौलो गेटअपमा देखिनेभएका छन् । मंगलबार गोपीकृष्ण मुभिजको ब्यानरमा बन्न लागेको फिल्म ‘होमवर्क’को उद्घोष कार्यक्रममा आर्यनले आपूmलाई नयाँ अवतारमा सार्वजनिक गरेका छन् । उनी सेतै फुलेको कपाल, हातमा किताब र हाफप्यान्ट लगाएर स्कुल युनिफर्ममा सञ्चारकर्मीसामु प्रस्तुत भएका थिए ।

‘होमवर्क’मा आर्यनले प्रौढ उमेरको तर स्कुल पढ्न जाने पात्रको भूमिका निर्वाह गर्दैछन् । निरक पौडेलले निर्देशन गर्न लागेको फिल्ममा आर्यनसँगै नम्रता श्रेष्ठ, विजय लामा, गौरी मल्ल आदि कलाकारले पनि महŒवपूर्ण भूमिका निर्वाह गर्ने जानकारी दिइयो ।
मंगलबार नै गोपीकृष्ण मुभिजले सन् २०१५ भित्र सातवटा फिल्म निर्माण गर्ने घोषणा गरेको छ । गोपीकृष्णले अन्य निर्मातासँगको सहकार्यमा ती फिल्म निर्माण गर्नेछ । मंगलबार ६ वटा फिल्मको मात्र घोषणा गरियो ।
घोषणा अनुसार अभिनेत्री करिश्मा मानन्धर र नम्रता श्रेष्ठले एक–एक फिल्म निर्माणमा गोपीकृष्णसँग सहकार्य गर्नेछन् भने भैरव सापकोटा, गणेशदेव पाण्डे र दुई बंगलादेशी नागरिकले पनि गोपीकृष्णसँग मिलेर फिल्म बनाउनेछन् । भैरवको फिल्मलाई रेशराज आचार्यले र करिश्माको फिल्मलाई सम्झना उप्रेती रौनियारले निर्देशन गर्नेछिन् ।
गोपीकृष्ण मुभिजका संस्थापक अध्यक्ष उद्धव पौडेलले प्रविधि एनलगबाट डिजिटलमा रुपान्तरित भएका कारण बीचको समयमा गोपीकृष्ण मुभिज फिल्म निर्माणमा सुस्ताएको जानकारी गराए ।

Comments