मिसन पैसा रिलोडेडः रेस मरहठ्ठा होइन ‘स्टप’ मरहठ्ठा
screennepal
प्रकाशित: २०७१, २ पुष बुधबार
no img

करिब तीन वर्षअघि तयार भएको ‘मिसन पैसा–२’ रिलिज हुने भएको छ । विविध कारणले रिलिज मिति पर धकेलिएको फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी रिलिज मिति घोषणा गरिएको हो । अब भबितब्य आइ नपरे फागुन १५मा फिल्म रिलिज पक्का हुनेछ ।
अभिनेता रेस मरहठ्ठा जोडिएका प्रोजेक्ट रिलिज हुन ढिलो हुने गरेको बताउँदै अब उनको नाम रेस अर्थात् दौड होइन, स्टप अर्थात् रोकिने बनाउने पर्ने ठट्टा गरिएको थियो ।
कायक्रमका उद्घोषक समेत रहेको सञ्चारकर्मी प्रदीप निरौलाले आफूले उनलाई मोडल लिएर बनाएको भिडियो समेत रिलिज हुन एक वर्ष लागेको प्रसंग समेत जोडेका थिए ।

सिमोस सुनुवार निर्देशित फिल्म माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै निमाृता महर्जनले भने, ‘फिल्म ‘छड्के’ रिलिज भएपछि खराब प्रतिक्रिय आइरहेकाले यसलाई ढिलो गरेका हौँ ।’
अभिनेता मरहठ्ठाले चित्त नबुझेसम्म रिसुट गर्दै बनाएकाले ढिलो भएको बताए ।
एक्सन तथा कमेडी बिषयमा बनेको यो चलचित्रमा निशा अधिकारी, आमिर गौतम, रेश महरठ्ठा, हर्षिका श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा हरी हुमागाँइको छायांकन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको एक्सन, स्वर्गिय पाण्डव सुनुवारको संगीत छ ।

Comments