कसले पाए बिन्ध्यबासिनी अवार्ड !
screennepal
प्रकाशित: २०७१, २७ मंसिर शनिबार
no img

विन्ध्यवासिनी म्युजिक कम्पनीले शुक्रबार राजधानीमा आयोजना गरेको पाँचौं विन्ध्यवासिनी म्यूजिक अवार्ड कार्यक्रममा गीतकार दिनेश अधिकारीलाई गीत लेखनको क्षेत्रबाट नेपाली संगीत जगत्लाई योगदान पुर्यायाएवापत उच्च मूल्यांकन गर्दै नगद ५१ हजार १ शय ५१ रुपैयाँ सहितको ‘बिन्ध्यबासिनी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । त्यस्तै गीतकार तथा सञ्चारकर्मी नवराज लम्साललाई सञ्चारकर्म मार्फत गीत संगीत क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा योगदान पुर्याए वापत २५ हजार ५ सय २५ का साथ ‘बिन्ध्यबासिनी गीत संगीत पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो । त्यस्तै गायिका अञ्जु पन्तलाई १५ हजार ५ सय १५ रुपैंयाँसहितको ‘बिन्ध्यबासिनी संगीत रत्न सम्मान’बाट सम्मानित गरिएको थियो।
उक्त अवार्ड कार्यक्रममा गीतकार देवेन गिरीको एल्बम ‘द पेन एण्ड देवेन’ले ‘सर्वोत्कृष्ठ एल्बम सुगम संगीत’ को अवार्ड हात पारेको छ । यसैगरी गीतकार डीआरको ‘झन झन मुटु दुख्न थाल्यो’ले ‘सर्वोत्कृष्ठ गीत’को अवार्ड जित्न सफल भएको छ, ‘सर्वोत्कृष्ठ गायन सुगम संगीत पुरुष’ तर्फ ‘आजको यो साँझ’का लागि उदय सोताङले जितेका छन । महिला तर्फ भने ‘सुने खबर’का लागि श्रेयसी चेम्जोङले यो अबार्ड जितेकी छन । त्यस्तै ‘सर्वोत्कृष्ठ सुगम संगीत’ तर्फ ‘सुने खबर’का लागि राजकुमार बगरले अवार्ड जिते भने ‘सर्वोत्कृष्ठ रचना ९सुगम संगीत०’ तर्फ ‘आवाज देऊ मलाई’का लागि योगेन्द्रमणि दाहाल, ‘सर्वोत्कृष्ठ एरेञ्जर’तर्फ ‘आवाज देऊ मलाई’का लागि विजेश्वर तण्डुकार, ‘सर्वोत्कृष्ठ पप गायन पुरुष’ तर्फ ‘मेरो जीवन यस्तो होस्’का लागि सुगम पोखरेल, महिला तर्फ ‘तिमी छौ र त माया छ’का लागि आकांक्षा बस्याल उत्कृष्ठ ठहरिए ।

1979754_799476310123664_1403809757945302427_n Bindabasini-music-award3 Bindabasini-music-award2-1024x652 Bindabasini-music-award6 Bindabasini-music-award5 Bindabasini-music-award4 Bindabasini-music-award1-1024x705 Asian-music

1979754_799476310123664_1403809757945302427_n10857977_596290207182950_2312653338289186534_n

यस बाहेक उक्त अवार्ड कार्यक्रममा तलका बिधाहरूमा उत्कृष्ट अवार्ड प्रदान गरिएको थियो ।

एशियन म्युजिक कम्पनी– ‘सर्वोत्कृष्ठ म्युजिक कम्पनी’
‘सर्वोत्कृष्ठ संगीत पप’ – ‘फूलै फूलको’– राजु सिंह,
‘सर्वोत्कृष्ठ युगल गायन’– ‘गुराँस फूल्यो पाखैमा’–सत्य–स्वरुप,
‘सर्वोत्कृष्ठ लोकदोहोरी गायक’– ‘ठूला ठूला मान्छे’– मौसम गुरुङ,
‘सर्वोत्कृष्ठ लोकदोहोरी गायिका’ – ‘लाछा डोरी उनको’–देवी घर्ती,
‘सर्वोत्कृष्ठ लोकदोहोरी भाका’– ‘छाती चिरी हेर सानु’– सहदेव कोइराला,
‘सर्वोत्कृष्ठ लोकदोहोरी रचना’– ‘लाछा डोरी उनको’– रमेश बिजी,
‘सर्वोत्कष्ठ लोकदोहोरी गीत’ – ‘धुँवा सरी फैलेछ कुरो त’– मञ्जु पौडेल,
‘सर्वोत्कृष्ठ मोडल जोडी पप तथा आधुनिक भिडियो’– ‘आइ लभ यु’– पल शाह र प्रकृति श्रेष्ठ,
‘सर्वोत्कृष्ठ पाश्र्व गायन पुरुष’ –फिल्म ‘झोले’– ‘तिमी नै मेरो’– राजेशपायल राई,
‘सर्वोत्कृष्ठ पाश्र्व गायन महिला’– ‘नाइ नभन्नु ल २’–‘मर्ने कसैलाई’– रजिना रिमाल,
‘सर्वोत्कृष्ठ चलचित्र संगीत’– फिल्म ‘नाइ नभन्नु ल २’– ‘मर्ने कसैलाई’– गैरे सुरेश
‘सर्वोत्कृष्ठ राष्ट्रिय भावना ओतप्रोत गीत’– ‘मेरो देश’– शैलेन्द्र शरद,
‘सर्वोत्कृष्ठ म्युजिक भिडियो निर्देशक लोकदोहोरी’– कपिल लामा,
सुगम संगीत – ‘आवाज देउ मलाई’– सहेन्द्र श्रेष्ठ,
‘सर्वोत्कृष्ठ महिला गीतकार९सुगम संगीत०’ – ‘नजरबाट टाढा’– पद्यमा लिंखा मगर,
‘सर्वोत्कष्ठ छाँयाकार म्युजिक भिडियो’ – ‘मेरो जीवन यस्तो होस’– हरि हुमागाई,
‘सर्वोत्कृष्ठ सम्पादक म्युजिक भिडियो’– ‘तिम्लाई पाए’– सुजन शाही,
‘सर्वोत्कृष्ठ ध्वनि मुद्रण’– ‘आवाज देऊ मलाई’– राजेश्वर तण्डुकार,
‘सर्वोत्कृष्ठ नवप्रतिभा लोकदोहोरी’ – ‘लाछा डोरी उनको’– कुमार पुन,
‘सर्वोत्कृष्ठ नवप्रतिभा पप तथा सुगम संगीत’– ‘साँझको बेला’– राजकुमार गोस्वामी,
‘सर्वोत्कृष्ठ मोडल लोकदोहोरी’–‘पागल’– महेन्द्र गौतम र सगुन शाही उत्कृष्ठ ठहरिएका छन ।

 

Comments