लोकतन्त्र दिवशमा निरौलाको जन्मभुमि
screennepal
प्रकाशित: २०७१, २६ मंसिर शुक्रबार
no img

काठमाडौं । बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला निर्देशित चलचित्र ‘जन्मभुमि’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा निस्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की र बालकलाकार सौगात बिस्टलाई फिचरिङ गरिएको छ । साथैं, पोस्टरमा निर्देशक निरौला आफैपनि देखिन्छन् । आन्दोलित भीडमा एक महिलाले हलो जोतिरहेको ‘जन्मभूमि’ को पोस्टरमा देख्न सकिन्छ ।

janbhoomi
चलचित्र ‘जन्मभुमि’ मा राष्ट्रप्रेम झल्काइएको निर्देशक निरौलाको दावी छ । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचोमिचो, वाह्यहस्तक्षेप एवं जनजिवनका विविधपक्षमाथी चलचित्र केन्द्रित रहेको निरौलाले बताए । य ‘जन्मभूमि’ लाई नेपाली मौलिक चलचित्र भन्न रुचाउँछन् निर्देशक निरौला । अम्बिका गिरीको प्रस्तुति तथा सुरज गिरीको लगानी रहेको यस चलचित्रलाई ११ वैशाखमा लोकतन्त्र दिवसको अवसर पारेर रिलिज गरिने जनाइएको छ ।
‘जन्मभुमि’ मा निस्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, राजु बजाज र मोहन निरौलाको मुख्य भुमिका रहेको छ भने बालकलाकार सौगात विष्ट र नवकलाकारको रुपमा जेबिका कार्की र अग्रीम गिरि रहेका छन् । चलचित्रमा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियको गीत रहेको छ भने युवराज राईको छायांकन, शंकर बिसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन र अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘जन्मभुमि’ को कास्टिङ निर्देशन पत्रकार शान्तिप्रिय गरेका हुन् ।

Comments