यस्ता छन्, २०१४ मा बलिउडका डेब्यु अभिनेत्री (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, २५ मंसिर बिहीबार
no img

मुम्बई । सन् २०१४ बिदा हुन अब धेरैदिन बाँकी छैन । त्यसैले यो वर्ष बलिउडमा के–के भयो त ? यसबारे लेखाजोखा हुन थालेको छ । अरु जे भएपनि बलिउडका लागि यो वर्ष स्मरणीय बनेर बिदा हुँदै छ अर्थात् सन् २०१४ बलिउडका लागि सुन्दर अभिनेत्रीको ‘डेब्यु वर्ष’ सावित भएको छ ।

Mannara chopra

प्रियंका चोपडाकी बहिनी मनारा ।

२०१४ मा बलिउडमा थुप्रै नयाँ अनुहार इन्ट्री गरे, जसले अभिनयले भन्दा आफ्नो सुन्दरताले चर्चा बटुलिरहेका छन् । सुन्दर अनुहार लिएर इन्डस्ट्रीमा इन्ट्री गरेका उनीहरु दर्शकको मन जित्न पनि सफल भएका छन् । सुन्दरता होस् वा हट अवतार, नयाँको अगाडि पुराना अभिनेत्रीहरु समेत ओझेलमा परे । निर्माता÷निर्देशकको रोजाइ र दर्शकको तारिफले ती नयाँ अभिनेत्रीलाई थप उत्साह मिल्यो । बलिउडमा यस वर्ष डेब्यु भएका अभिनेत्रीको हेरौं नालीबेली ।

Nicole faria2

निकोल फारिया

हालै प्रदर्शित फिल्म ‘जिद’ मार्फत बलिउडकी हट अभिनेत्री प्रियंका चोपडाकी बहिनी मनाराले डेब्यु गरिन् । मनाराले आफ्नो पहिलो फिल्ममै बोल्ड सीन्स दिएर चर्चामा आइन् । ‘मिस अर्थ–२०१०’ को ताज जितेकी निकोल फारियाले दिव्या खोसला कुमारको फिल्म ‘यारिया’ मार्फत यसै वर्ष बलिउडमा करिअर सुरु गरेकी छन् । जब, सुरवीन चावलाको नाम आउँछ, तब उनको बोल्ड छवि अगाडि झल्किन्छ । यो कुरा धेरैलाई थाहै छ कि सुरवीन चावलाले आफ्नो पहिलो फिल्म ‘हेट स्टोरी–२’ मा जबरदस्त बोल्ड सीन दिएकी छन् । त्यस्तै, फिल्म ‘हिरोपन्ती’ मार्पत बलिउडमा आफ्नो करिअर सुरु गरेकी कृति सनोन पनि यस वर्ष चर्चामा आइन् । आफ्नो चुलबुले बानी र सुन्दरताका कारण उनी दर्शकको तारिफ बटुल्न सफल भएन् ।

kriti-sanon-013

कृति सनोन

त्यस्तै, अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफले २०१३ को अन्त्यतिर फिल्म ‘मां’ मा छोटो भूमिका गरेर बलिउडमा पाइला राखिन् । त्यसपछि उनी अभिनेता सलमान खान निर्मित केनेडियन फिल्म ‘डा. केबी’ मा इसाबेल मुख्य भूमिकामा देखिइन् । सन् २०१३ मा पोन्ड्स फेमिना मिस इन्डिया इन्टरनेशनल विजेता जोया अफरोजले पनि यसैवष फिल्म ‘एक्पोज’ मार्फत बलिउडमा डेब्यु गरिन् ।

Zoya-Afroz

जोया अफरोज

पछिल्लो दिन विवादमा आएकी अभिनेत्री सना खान यस वर्ष विज्ञापनमा बढी जमिन् । यस वर्ष रिलिज भएको सलमानको फिल्म ‘जय हो’ मा अहम भूमिका गरेर चर्चामा आइन् । कमल हसन र सारिकाको छोरी अक्षराले यसैवर्षबाट बिग बी र धनुषका साथ आफ्नो फिल्मी यात्रा सुरुआत गरिन् ।

surveen-chawla-16-s

सुरविना चावला

अक्षराको अपकिमङ फिल्म ‘शमिताभ’ हो । उनी अहिले यसै फिल्मको प्रमोसनमा व्यस्त छिन् । यसरी सरसर्ती हेदा यो वर्ष बलिउडमा करिब दर्जन नयाँ अनुहारको डेब्यु भएको छ । उनीहरुको सुरुवाती करिअरलाई नियाल्ने हो भने सक्षम पनि देखिन्छन् । ‘हट एन्ड सेक्सी’ को जमानामा बोल्ड अवतार लिएर इन्ट्री भएका यी नवोदित सुन्दरीहरुले गर्दा बलिउडका लागि २०१४ सम्झिन योग्य भएको छ । व्यापारिक हिसाबले पनि यस वर्ष बलिउड सफल रह¥यो । (एजेन्सी)

Comments