गीतमा ट्राफिक नियमका कुरा
screennepal
प्रकाशित: २०७१, २४ मंसिर बुधबार
no img

सवारी दुर्घटना दिनदिनै बढ्दै गइरहेको छ । यही छेकोमा ट्राफिक सचेतनाको गीत बजारमा आएको छ । मदिरा सेवन गरेर वा ट्राफिक नियम पालन नगरेर दिनहुँ टुर्घटना र प्रहरी जरिवानामा पर्ने गरेको अवस्थामा ट्राफिक प्रहरीले एक सन्देश गीत ल्याएको छ । गीत-संगीत मार्फत ट्राफिक नियमको बारेमा आम सडक प्रयोगकर्ताहरुलाई सुसुचित गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको संयुक्त पहलमा सन्देश मुलक ट्राफिक गीत “रातो बत्तीमा रोकीने हरियोमा हिड्ने” नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

यस सन्देश मुलक गीतमा ट्राफिक नियमका हरेक कुराहरु समावेश गरीएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बाबुराम दाहालको शब्दमा, जुगल डंगोलको संगीत, सरोज ओलीको आवाज रहेको सार्वजनिक गीतमा निर्मल शर्मा गैंडा, सुरविर पण्डित लगायतका कलाकारहरुले अभिनय गरेका छन् । गीत, संगीतको माध्यमले पनि केहि सुसुचित हुने भएका कारण यो गीत बजारमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

Comments