पूजा भट्टको पनि सम्बन्धविच्छेद !
screennepal
प्रकाशित: २०७१, २३ मंसिर मंगलवार
no img

मुम्बई । बलिउडमा पछिल्लो समय सम्बन्धविच्छेदको लहरै चलेको छ । हालैमात्र अभिनेता ऋतिक रोशन र सुजैनले सम्बन्धविच्छेद गरेका थिए, भने त्यसलगत्तै निर्माता प्र्रियदर्शन र उनकी अभिनेत्री पत्नी लिजीले सम्बन्धविच्छेद गरेका थिए ।

Pooja-Bhatt12
यस्तै, अहिले फेरि बलिउडको एक जोडी सम्बन्धविच्छेद गर्दैछन् । अभिनेत्री पूजा भट्ट र उनको पति मनिष मखीजाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छन् । यो कुरा अभिनेत्री पूजाले नै ट्विटरमार्फत सार्वजनिक गरेकी हुन् । पुजाले आफ्नो ट्विटर एकाउन्टमा लेखेकी छन्, ‘यो सबैलाई जानकारी गराउन चाहन्छु कि मेरो ११ वर्षे बैवाहिक जीवन अन्त्य गर्ने निर्णय गरेकी छु ।’ उनले सम्बन्धविच्छेद गर्ने निर्णय आफ्नो पतिले पनि स्विकारिसकेको जनाएकी छन् ।
यी जोडीले सन् २००३ मा विवाह गरेका थिए । केही दिन अघिमात्र पूजा र मनिषबीचको सम्बन्ध सुधार भएको समाचार पनि आएको थियो । तर, यसैबेला पूजाले अब आफ्नो बैवाहिक सम्बन्ध सकिएको बताएकी हुन् । पूजा र मनिषबीच दुई वर्षयता खटपट हुँदै आएको थियो । यसअघि पनि पूजाले पतिसँग सम्बन्धविच्छेद गर्न चाहेको कुरा बाहिर आएको थियो ।

Comments