जसलाई विवादले बनायो चर्चित
screennepal
प्रकाशित: २०७१, २२ मंसिर सोमबार
no img

वीना मलिकदेखि सोफिया हयातसम्म बलिउडमा कतिपय यस्ता विदेशी अभिनेत्री छन्, जो फिल्म वा आफ्नो कामका लागि नभएर विवादका कारणले चर्चित छaन् । उनीहरूको ‘इन्ट्री’ ले बलिउडमा खैलाबैला नै मच्चायो । बलिउडमा खासै कमाल देखाउन नसके पनि आफ्ना हाउभाउ र विवादास्पद छविका कारण यी अभिनेत्री सधैँ ‘लाइमलाइट’मा रहे । फिल्ममा गरिएका हट दृश्यले उनीहरूलाई चर्चा दिलायो । यतिमात्र नभई उनीहरूका व्यक्तिगत सम्बन्ध पनि सदैव विवादमा रहे ।
पाकिस्तानी मूलकी ब्रिटिस अभिनेत्री सोफिया हयात मोडलिङ जगतमा चिनिएको अनुहार हो । हालै, भारतीय क्रिकेटर रोहित शर्माले दोहोरो शतक बनाए । यसलाई सोफियाले चर्चा कमाउने अवसरका रूपमा लिइन् । आफू ‘नग्न’ भएको एउटा फोटो सामाजिक सञ्जालमा पोस्ट गरिन् र रोहित शर्मालाई शुभकामना दिँदै लेखिन्– ‘मेरो यो न्यूड फोटोसुट रोहित शर्माको ऐतिहासिक स्कोरका लागि हो । वेल डन ! यो तपाईंका लागि हो । आफ्नो शरीर देखाउन केको लाज ? आफ्नो शरीरबारे स्वतन्त्र सोच राख्नुपर्छ । मेरा शरीरका लागि भगवान्लाई धन्यवाद ।’
Actress-Veena-Malik-hot-Imageब्रिटेनमा जन्मिएकी उनले फिल्म, टीभी र म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । १६ वर्षको उमेरमा अभिनय यात्रा थालेकी उनले ‘द अनफर्गेटेबल’, ‘क्यास एन्ड करी’, ‘भाई का माल है’, ‘डायरी अफ ए बटरफ्लाई’ फिल्ममा काम गरेकी छिन् । भारतीय च्यानल कर्लसबाट प्रसारित हुने रियालिटी शो ‘बिग बोस–७’ मा पनि उनी सहभागी थिइन् । बिग बोसको घरमा एकजना सदस्यसँग हातपात र दुव्र्यवहार गरेका कारण उनी चर्चामा आएकी थिइन् । फिल्म ‘द अनफर्गेटेबल’ मा उनको टपलेस सिनका कारण बबालै मच्चियो । एमटीभीमा पनि काम गरिसकेकी सोफिया गायिका पनि हुन् । सन् २०१३ मा एफएचएम म्यागजिनले ‘सेक्सी वुमन लिस्ट’ मा उनलाई ८१ औँ स्थानमा राखेको थियो ।
चर्चित पाकिस्तानी अभिनेत्री वीना मलिक र विवादको नङमासुको सम्बन्ध छ । केही समयअघि पुरुषहरूको एक अन्तर्राष्ट्रिय पत्रिका ‘एफएचएम इन्डिया’ (भारतीय संस्करण) मा छापिएको उनको नग्न तस्बिरले उत्पातै मचाएको थियो । यस तस्बिरमा उनको हातमा ठूलो अक्षरले ‘आईएसआई’ पनि लेखिएको थियो । नग्न तस्बिर र आईएसआईको ट्याटू बनाएकाले पाकिस्तानमा यस मामिलाले सनसनी नै फैलाए पनि वीनालाई भने खासै फरक परेन । दुबईका व्यवसायी असद बसीर खानसँग गुपचुप ढंगले बिहे गरेकी उनको केही समयअघि एउटा अश्लील एमएमएस पनि इन्टरनेटमा भाइरल भएको थियो । ‘बिग बोस–४’ की प्रतियोगी रहेकी उनी बिग बोसको घरमा अस्मित पटेलसँगको सम्बन्धका कारण चर्चामा आएकी थिइन् । वीनाका क्रियाकलापबाट आजित भएर उनका बुबाले ‘मेरी छोरी होइन’ भनेका थिए । मुस्लिम संगठनले पनि पनि उनलाई समुदायबाट बर्खास्त गरेका थिए ।
model-sofiya-hayat-hot-spicy-photos-501989a6निर्माता÷निर्देशक महेश भट्टको फिल्म ‘नजर’ बाट बलिउड छिरेकी पाकिस्तानी अभिनेत्री मीराका लागि ‘बोल्डनेस नै सफलताको फर्मुला हो’ भन्ने कुरा गलत सिद्ध भइदियो । फिल्म ‘नजर’मा अस्मित पटेलसँग अन्तरंग दृश्य दिएकी मीराको नाम पाकिस्तानी क्रिकेटर शोएब अख्तरसँग जोडिएको थियो । उनले शोएबमाथि आफूलाई सबैको अगाडि थप्पड हानेको आरोप लगाएकी थिइन् । मीरामाथि आफ्नै सेक्स भिडियो लिक गरेको आरोप लागेको थियो र उनीविरुद्ध ‘एरेस्ट वारेन्ट’ पनि जारी भएको थियो । शिकायतकर्ताले आरोप लगाएका थिए– ‘उनले श्रीमान् शहजादसँगको अन्तरंग दृश्यको भिडियो बनाइन् र लिक गरिन् । यो पाप हो । उनले अश्लीलता फैलाएर इस्लामलाई ठेस पु¥याएकी छिन् ।’ मीराले यस भिडियोलाई ‘फर्जी’ बताएकी थिइन् र उनको बचाव गर्दै श्रीमान्ले पनि यो विवादलाई तथ्यहीन बताएका थिए ।
फिल्म ‘काइट्स’ मा अभिनेता ऋतिक रोशनसँग देखिएकी मेक्सिकन अभिनेत्री बारबरा मोरीको नाम आफ्नो को–स्टारसँग जोडियो । यी दुईको निकटताबाट ऋतिककी पूर्वश्रीमती सुजेन हैरान थिइन् (त्यतिबेला ऋतिक र सुजेनको सम्बन्ध–विच्छेद भएको थिएन) । फिल्ममा ऋतिक र बारबराका धेरै किसिङ सिन पनि थिए । राकेश रोशनले भनेपछि ती सिनलाई काँटछाँट गरी फिल्ममा प्रस्तुत गरिएको थियो । वास्तविक जीवनमा १९ वर्षको उमेरमै आमा बनेकी बारबरा बिहे मन पराउँदिनन् । १९ वर्षको हुँदा उनी अभिनेता सरजियो मेयरसँग प्रेममा परिन् र बिहे नगरी उनले सरजियोको छोरा जन्माइन् । यी दुईको सम्बन्ध लामो समयसम्म टिकेन । उनी प्रेममा विश्वास गर्छिन् तर बिहे गर्न चाहन्नन् । आफ्नो यसै सोचका कारण पनि उनी धेरै पटक विवादमा तानिएकी छिन् ।
फिल्म ‘रागिनी एमएमएस–२’ ले सफलता पाए पनि सनी लियोन भने खासै खुशी भइनन् । ‘पोर्नस्टार’ को छविले उनलाई दुःखी बनाइरह्यो । आफ्ना अतीतका कारण सधैँ विवादमा रहने उनको पोर्नस्टारको छवि सुध्रिन सकेको छैन । भारतीय मूलकी क्यानेडियन नागरिक सनीले बलिउडमा छिरेदेखि विरोधको सामना गर्नुपरेको छ । बिग बोसको पाँचौँ सिजनबाट हिन्दी सिनेमामा आएकी यस अभिनेत्रीका फिल्म ‘जिस्म–२’, ‘रागिनी एमएमएस–२’ माथि प्रतिबन्ध लगाउने मागसमेत उठेका छन् ।

Comments