शंकर बिसीले भिडियोमा देखाए ‘कमेडी’ क्षमता (भिडियो हेर्नुहोस् )
screennepal
प्रकाशित: २०७१, १८ मंसिर बिहीबार
no img

शंकर विसीसँग सँगत गर्नेहरुलाई थाहा छ, उनी जति राम्रो डान्स गर्छन् त्यो भन्दा राम्रा कमेडियन पनि हुन् । साथी सर्कलमा रमाइलो गर्ने मामलामा ख्यातिप्राप्त पनि छन् । पहिलोपल्ट उनले त्यो क्षमता म्युजिक भिडियोमा समेत देखाएका छन् । हालै मात्रै बजारमा आएको गीत ‘चोर बिरालो पल्क्यो’मा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र सुनिता गौतम ‘मैया’लाई रमाइलो ढंगले प्रस्तुत गरेका छन् । गायक श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर रहेको गीप्.तमा अर्का चचिर्त हास्य कलाकर सुरविर पण्डितलाई पनि देख्न सकिन्छ । गीतमा बिनोद ढकालको शब्दमा सागर ढकालले म्युजिक भरेका छन् । यो गीत ‘अन्नपूर्ण भिजन”ले बजारमा ल्याएको हो ।

Comments