फ्लोरमा जाँदै ‘हाउ फन्नी’
screennepal
प्रकाशित: २०७१, १७ मंसिर बुधबार
no img

काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बा निर्मित चलचित्र ‘हाउ फन्नी’ २० मसिरबाट फ्लोरमा जाने भएको छ । गत असोजमै निर्माण घोषणा गरिएको यस चलचित्रको निर्देशन निलु डोमा शेर्पाले गर्दैछिन् । बनस्थलीस्थित अनाथ आश्रमबाट मुहुर्तसँगै छायांकन गरिने सुरु हुने निर्देशक शेर्पाले बताइन् ।

how funny press meet 6
चलचित्र ‘हाउ फन्नी’ को मंसिर पहिलो साताबाट छायांकन हुने भनिएको थियो । तर, होमवर्कका कारण घोषित मितिभन्दा केहि ढिलो भएको निर्देशक शेर्पाले बताइन् । यस चलचित्रका लागि निर्माणपक्षले अडिसनसमेत लिएका थिए । कमेडी सोसल ड्रामामा आधारित चलचित्रका लागि ४५ देखि ५० उमेरको ठकुरी बुवा, २० देखि ३० वर्षका लन्ठु लभर र ३५ बर्षभन्दा माथिकी महिलाको लागि ४० राजधानीस्थित मण्डला थियटरमा अडिसन लिइएको थियो । सो अडिसनबाट ठकुरी बुवामा शिशिर राणा र लन्ठु लभरमा विजय तिम्लिसेना छानिएका छन् ।
चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, अनुप बिक्रम शाहीलगायतका कलाकार मुख्य भूमिकामा देखिँदैछन् । चलचित्रमा संगीत शैलेश सिंह, सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहने छ भने यसलाई हरि हुमागाईले खिच्ने छन् ।

Comments