सिजी कामना अवार्डस्मा केकी र आर्यन उत्कृष्ट
screennepal
प्रकाशित: २०७१, १६ मंसिर मंगलवार
no img

सिजी कामना अवार्डस् २०७१ को पहिलो संस्करणमा फिल्म ‘महसुस’ले बर्चस्व जमाएको छ । सोमबार साँझ सुन्धारास्थित आर्मी अफिससर्् क्लबमा सम्पन्न समारोहमा फिल्मले ६ विधामा अवार्ड हात पा¥यो ।
फिल्मले उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सहअभिनेत्री विधामा अवार्ड जित्यो । फिल्म निर्देशक नवल नेपालले निर्देशनसँगै पटकथामा पनि अवार्ड थापे भने आर्यन सिग्देल र केकी अधिकारीले क्रमशः अभिनेता र अभिनेत्रीमा अवार्ड थापे । सहअभिनेत्रीमा बेनिशा हमालले सोही फिल्मबाट अरुलाई उछिनिन् । ‘महसुस’लाई फिल्म ‘मोक्ष’ले चार विधामा अवार्ड थाप्दै पछ्यायो । फिल्मले नवनिर्देशक, नवअभिनेता, कथा र संवादमा अवार्ड थाप्यो । फिल्मबाट प्रवीण श्रेष्ठले नवनिर्देशकमा अवार्ड थापे भने प्रवीणकै कथा उत्कृष्ट ठहरियो । कोसिस क्षेत्रीले नव अभिनेतामा अवार्ड जिते भने फिल्मको संवाद लेखेका राजन कठेत र प्रज्ञान थापाले संवादमा अवार्ड थापे ।

IMG_0864(1)प्राविधिक विधातर्फ ‘होस्टल’ले बाजी मार्यो । फिल्मले छायांकन, सम्पादन, ध्वनि मिश्रणमा अवार्ड जित्यो । गौरव पहारी र प्रकृति श्रेष्ठले पनि सोही फिल्मबाट क्रमशः सहअभिनेता र नवअभिनेत्रीमा अवार्ड जिते । फिल्मबाट हरि हुमागाईंले छायांकन र सुरेन्द्र पौडलले सम्पादनमा अवार्ड जिते ।
नेपाली फिल्मको ५० वर्षे यात्रालाई सम्मान गर्दै सुरु भएको कार्यक्रममा भुवन चन्द, चैत्यदेवी, गौरी मल्ल, झरना थापा, शिव श्रेष्ठ, भुवन केसी, रमेश उप्रेती आदिले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा भैरवी ब्यान्डले संगीतको धून प्रस्तुत गरेको थियो भने गत साउनमा दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।
कामना म्यागेजिनको प्रकाशन ३१ वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा अभिनेता हरिप्रसाद रिमाललाई कीर्तिमय दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने प्राविधिकतर्फ कीर्तिमय दीर्घ साधना सम्मान छायाँकार वैकुण्ठमान मास्केलाई प्रदान गरियो । दुवैलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।
फिल्मबाहेक संगीत र फेसनमा समेत क्रिटिक्स अवार्ड वितरण गरिएको समारोहमा सिजी क्रिटिक्स म्युजिक अवार्ड हरि लम्साललाई प्रदान गरिएको थियो भने फेसन डिजाइनर मुक्ता श्रेष्ठलाई फेसनतर्फको सिजी क्रिटिक्स अवार्ड प्रदान गरिएको थियो । थिएटरतर्फको क्रिटिक्स अवार्ड भने नाट्यकर्मी प्रवीण खतिवडालाई प्रदान गरिएको थियो । फिल्मतर्फको जुरी अवार्ड भने फिल्म ‘अन्तराल’ले पायो ।
रंगकर्मी वीरेन्द्र हमालको समूहले नृत्य प्रस्तुत गरेको कार्यक्रममा ‘नाइँ नभन्नू ल २’ले संगीतका सबै विधामा अवार्ड जितेको थियो । फिल्मबाट प्रेम परियार र रजिना रिमालले गायनमा अवार्ड थापेका थिए भने संगीतकार तथा गीतकारको विधामा गैरे सुरेश र कृष्णहरि बरालले अवार्ड जितेका थिए । फिल्मबाट अनुभव रेग्मीले पनि बालकलाकारमा अवार्ड थापेका थिए ।
करिब चार घन्टा चलेको कार्यक्रममा फिल्म ‘मौन’बाट उत्तम न्यौपानेले ध्वनि मिश्रण, निमा लामाले शृंगार र रोहित शाक्यले पाश्र्व संगीतमा अवार्ड हात पारेका थिए । फिल्म ‘लभफरेभर’बाट सूर्य थोकरले द्वन्द्वमा र कविराज गहतराले फिल्म ‘काली’को ‘स्लोली स्लोली’ बोलको गीतबाट नृत्य निर्देशनमा अवार्ड थापेका थिए ।

Comments