बलिउड निर्देशक तिग्मांसु धुलिया भन्छन् ‘नेपालीहरु सहयोगी’
screennepal
प्रकाशित: २०७१, १४ मंसिर आईतवार
no img

‘पानसिंह तमोर’, ‘बुलेट राजा’ लगायत १० वटा हिन्दी फिल्म निर्देशन गरिसकेका र त्यति नै सँख्यामा स्क्रििप्ट लेखिसकेका बलिउड निर्देशक तिग्मांसु धुलियाले नेपालीहरुमा सहयोगी भावना रहेको बताएका छन् । उनको नयाँ फिल्म ‘यारा’को नेपाल सुटिङका क्रममा आइतवार ललितपुरको पाटन दरवार स्क्वाएरमा सुटिङ गरिरहेका उनले स्क्रिन नेपालसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘पहिलो दिनको सुटिङका क्रममा मलाई नेपाली दाजुभाइले निकै सघाइरहनुभएको छ ।’

IMG_0398 IMG_0395 IMG_0386

श्रुति हसन, इफरान खान, ‘कमान्डो’बाट चर्चित बनेका बिद्युत जमवाल र अमित साधको मुख्य भूमिका रहेको फिल्म ‘यारा’को ३० प्रतिशत सुटिङ नेपालमा हुनेछ । फिल्मको सुरुवाती क्रममा उनले गीतको सुटिङ गरिरहेका छन् । बाल कलाकारहरु फिचर भइरहेको गीतको उनले आइतवार पाटन दरवार स्क्वाएरका विभिन्न लोकसनमा खिचे । फिल्मको सुटिङका लागि अभिनेता विद्युत आइपुगिसकेका भएपनि श्रुति र इफरानका बारेमा उनले मुख खोल्न चाहेनन् ।
हाल नेपालमा सुटिङ भइरहेको फिल्म ‘यारा’ सन् २०११मा रिलिज भएको फ्रेन्च फिल्म ‘लेस ल्यायोनेइस’को रिमेक हो ।

तस्बिरः शिवलाल श्रेष्ठ

 

Comments