‘मन’की रीता भन्छिन्, ‘म भर्सटायल गायिका’
screennepal
प्रकाशित: २०७१, १३ मंसिर शनिबार
no img

काठमाडौं । ‘एक सफल गायिका बन्नका लागि स्वर र साधनाले मात्रै पुग्दैन । रुपरंग र पर्फमेन्स स्टाइल पनि आवश्यक पर्छ’ यो भनाइ गायिका रीता केसी हो । आधुनिक गीति एल्बम ‘मन’ श्रोतामाझ ल्याएर नेपाली सांगीतिक क्षेत्रमा आफूलाई गायिकाको रुपमा दर्ज गराएकी रीता आफै पनि स्टाइलिस छिन् । रीता भन्छिन्, ‘गीत गाउनका लागि स्वर त हुनुपर्छ नै, तर समयसापेक्षित फेसनेवल पनि हुन जरुरी छ ।’

reeta kc

Reeta Kc

गायिका रीताको सुन्दरताको त कुरै छाडौं, रुपरंग धनी भएकैले उनलाई मोडलिङ गर्नलाई समेत सुझाव आउने गरेको छ । पहिलो एल्बम ‘मन’ बाटै दर्शक तथा श्रोताको मनमा बस्न सफल भएकी रीताले भनिन्, ‘म आफूलाई भर्सटायल गायिका भन्न रुचाउँछु ।’ रीताले लोकगीतदेखि पप, आधुनिक र चलचित्रको आइटम गीतसमेत गाउँदै आएकी छन् । पछिल्लो समय पाश्र्व गायनमा समेत व्यस्त हुँदै आएकी उनले भनिन्, ‘मेरो अगाडि जस्तो गीत आउँछ, सबै गाउने गरेकी छु । हिन्दी, बंगाली र अरबियन गीतसमेत गाएकी छु ।’

reetaदाङबाट सांगीतिक करिअर बनाउने उद्देश्यले काठमाडौं छिरेकी रीताले ‘विरताको चिनो’, ‘नोथिङ इम्पोसिवल’, ‘काले’, ‘न्यु जेनेरेशन’, लडाईंको लाहुरे’लगायत एक दर्जन चलचित्रमा स्वर दिन भ्याइसकेकी छन् । उनले चलचित्र ‘नोथिङ इम्पोसिवल’ मा गाएको ‘आइटम गीत’ ले निकै चर्चासमेत पाएको थियो । हिजोआज चलचित्र तथा आधाुनिक गायनमा वयस्त रहेकी रीताले भनिन्, ‘मैले केही भोजपुरी चलचित्रमा समेत गाएकी छु ।’
रीताले पछिल्लो समय गाएको ‘हिँडे प्रदेश गाउँघर छोडी’ बोलको गीतको म्युजिक भिडियो अहिले यु–टुयबमा लोकप्रिय बनिरहेको छ । रीताले गाएका ‘भन के गर्नुपर्छ’, तिमी माया बनेर आयौं’, ‘मन सागर’जस्ता गीतहरु चर्चित छन् । सानैदेखि गायिका बन्ने सपना पालेकी रीताले भनिन्, ‘अब आफ्नो गीतमा मोडलिङ गर्ने इच्छा छ । सबैजना साथी तथा श्रोताले मोडल बन्न सल्लाह दिएका कारण आफ्नो गीतको भिडियोमा मोडलिङ गर्ने सोत बनाएकी हुँ । तर, अरुको गीतमा चाहिँ गर्दिनँ ।’ छोटो समयमै आफूलाई गायनमा स्थापित गरेकी रीताले देशलगायत विदेशमा समेत आफ्नो प्रतिभा देखाइसकेकी छन् ।

Comments