बलिउड अभिनेत्री श्रुति हसन काठमाडौंमा
screennepal
प्रकाशित: २०७१, १२ मंसिर शुक्रबार
no img

काठमाडौं । बलिउड अभिनेत्री श्रुति हसन शुक्रबार काठमाडौं आइपुगेकी छन् । उनी बलिउड फिल्म ‘यारा’ को सुटिङका लागि नेपाल आएकी हुन् । साउथ इन्डियन फिल्मस्टार श्रुति साउथकै स्टार कमल हसनकी छोरी हुन् ।

Shruthi-Hassan-during-CCL-4-match-(26)2280
२४ वर्षीया श्रुति राजधानीको पाँचतारे होटल ¥याडिसनमा बसेको स्क्रिन नेपाललाई स्रोतले जनाएको छ । स्रोतका अनुसार अभिनेता इरफान खान शनिबार साँझ उक्त फिल्मकै सुटिङका लागि काठमाडौं आउँदैछन् । तीन दिनपछि ‘यारा’ को सुटिङ काठमाडौं, ललितपुरलगायतका ठाउँमा सुरु हुँदैछ । ग्यांग्सटरको कथामा आधारित फिल्म ‘यारा’को नेपालमा कम्तिमा ३० प्रतिशत भन्दा ज्यादा सुटिङ जनाएको छ । फिल्मको निर्देशन गौरव गुप्ताले गर्दैछन् । श्रेति नेपाल आएको भारतीय मिडियाले समेत उल्लेख गरेका छन् ।

Comments