प्रियंकाको स्पामा ‘देह व्यापार’ भएको खुलासा !
screennepal
प्रकाशित: २०७१, ११ मंसिर बिहीबार
no img

नयाँदिल्ली । प्रहरीले मुम्बईको एक ‘स्पा’ सेन्टरमा छापा मारी देह व्यापारको भएको खुलासा गरेको छ । मुम्बईको वर्सोवामा चलिरहेको उक्त ‘स्पा’ बलिउड अभिनेत्री प्रियंका चोपडाको हो । भारतीय पत्रिका ‘मिड–डे’ ले जनाएअनुसार प्रियंकाले स्पा अरुलाई चलाउन दिएकी हुन् । पत्रिकाले स्रोतको भनाई उदृत गर्दै लेखेको छ, ‘यो प्रोपर्टी प्रियंका चोपडाको हो । उनको आमाको क्लिनिक यसकै ठीक अगाडी छ । पूरा फ्लोर प्रियंकाकै हो ।’

priyanka chopra
यस महिनाको शुरुआतमै पुलिसले त्यहाँ छापा मारेको थियो । स्पामा देह व्यापार भइरहेको छ भन्ने थाहा पाएपछि पुलिसले छापा मारेका थिए । ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टरमा देह व्यापार चलिरहेको छ’ भन्ने थाहा पाएपछि छापा मारेका हौं, मुम्बई ७ नम्बर प्रहरीका एक अधिकारीले भने, ‘हामीले हाम्रो मान्छे ग्राहक बनाएर पठाएका थियौं ।’ ती प्रहरीले देह व्यापारको खबर पुष्टि भएपछि छापा हानेको बताए । छामा मार्दा चन्द्रशेखर नामको एक व्यक्ति र तीन महिला पक्राउ परेका थिए । पुलिसका अनुसार स्पाकी मालिक सोनु फरार छिन् । उनी पक्राउ परेपछि सबै कुरा थाहा हुने जनाइएको छ । केही समयअघि प्रियंकाले सोनुलाई स्पा भाडामा चलाउन दिएकी हुन् । एजेन्सी

Comments