अभिनेत्री विनालगायत ३ जनालाई २६ वर्षको कैद !
screennepal
प्रकाशित: २०७१, १० मंसिर बुधबार
no img

veena-malik-pics-71

इस्लामाबाद । पाकिस्तानी अभिनेत्री विना मलिकलाई एक अदालतले २६ वर्षको कैद सजाय सुनाएको छ । बलिउडमा समेत काम गरिसकेकी विनासँगै पाकिस्तानको ठूलो मिडिया गु्रप जियो टिभीका मालिक शकिल उर रहमान र उनका पतिलाई पनि २६ वर्षकै कैद सजाय सुनाइएको छ । उक्त सजाय पाकिस्तानको एक एन्टी टेरिजम कोर्टले सुनाएको हो । उनीहरुलाई टिभीमा धार्मिक तथा निन्दनीय कार्यक्रम देखाएको आरोप प्रमाणित भएपछि सजाय सुनाएको बताइएको छ । गत मे महिनामा देखाइएको विवादास्पद कन्टेन्टमा एक धार्मिक गीत प्रसारण गरिएको थियो ।

veena-malik

केही वर्षअघि एफएचएम म्यागजिनको आवरणमा प्रकाशित विनाको तस्बिर ।

न्यायधिश शाबाज खानले टिभी प्रस्तोता शाइस्ता वाहिदीलाई पनि २६ वर्षको कैद सजाय सुनाएका छन् । यसका अलावा सबै दोषीमाथि १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना लगाएको छ । दोषीको जमानत नबुझाए उनीहरुको सम्पति जफत गर्ने अदालतले जनाएको छ । विना एक म्यागजिनको लागि हट फोटोसुट गरेदेखि विवादित थिइन् ।
यसरी अदालतले अभिनेत्री विनालगायतलाई सजाय सुनाए पनि उनीहरु सबै बाहिर रहेको बताइएको छ । न्यायधिशले ४० पृष्ठको फैसला सुनाएर दोषीलाई तुरन्त गिरफ्तार गर्न आदेश दिएका छन् । तर, सबै दोषी पाकिस्तान बाहिर छन् । रहमान युएईमा बस्छन् भने अरु बाँकी ३ जना पनि आतंकबादी संगठनको धम्कीका कारण देशबाहिर रहेको समाचारमा जनाइएको छ । आरोपित जियो गु्रपले माफी मागेका थिए । तर कट्टरपन्थीले उक्त माफी स्वीकार नगरेको जनाइएको छ । एजेन्सीबाट

Comments