‘धुन’ मा हेरौं जीवन र नीताको ‘केही पल’ (भिडियो हेर्नुस)
screennepal
प्रकाशित: २०७१, ९ मंसिर मंगलवार
no img

dhoon1

काठमाडौं । केहि दिनअघि फस्र्टलुक सार्वजनिक गर्दै चैत्र ६ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘धुन’ को अफिसियल गीत रिलिज गरिएको छ । मंगलबार सार्वजनिक चलचित्रको ‘केहि पल’ बोलको गीतमा अभिनेता जीवन लुईंटेल र अभीनेत्री नीता ढुंगाना फिचरिङमा छन् ।
लक्की सिटौलाको शब्द तथा संगीत रहेको सार्वजनिक गीतले जीवन र नीताको प्रेम भावलाई बोल्छ । गीतमा स्वर गायिका मिलन अमात्यले दिएकी छन् भने कोरियोग्राफी प्रदिप श्रेष्ठको छ । यस गीतमा सुन्दर नगरी पोखरा आसपासका दृश्यहरु समावेश छन् ।
यो चलचित्र सांगीतिक प्रेमकथामा आधारित छ । निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको यस चलचित्रकी प्रस्तुतकर्ता मालती शाह हुन् भने लगानी सुशील शाह, श्रेया दुलाल, मधुसुदन भट्टराई र विनोद भट्टको छ । तारा सितारा प्रोडक्शनको ब्यानरमा तयार गरिएको ‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी, रमेश बुढाथोकी, सुरविर पण्डित, विकल्प शाहलगायतको अभिनय छ ।

https://www.youtube.com/watch?v=5csHakIFiyg&list=UUrzyJYtjLOTfnUur8hsr7ow

Comments