अंग्रेजी सिक्न माग्दै अमेरिकामा राजेशपायल !
screennepal
प्रकाशित: २०७१, ९ मंसिर मंगलवार
no img

-एमपी सुब्बा

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित र व्यस्त गायक राजेशपायल राई एक महिनायता अमेरिकाको विभिन्न सहरमा व्यस्त छन् । नेपालमा समेत व्यस्त रहने ‘राई इज किङ’ गायक राजेश एकमहिने अमेरिका बसाईंमा अंग्रेजी बोल्न सिक्न माग्दैछन् । अमेरिकाको विभिन्न सहरमा डेढ दर्जनभन्दा बढी स्टेज कार्यक्रममा तहल्का मच्चाइसकेका गायक राजेशले हरेक आफ्नो पर्फमेन्समा दर्शकसँग अंग्रेजी बोल्न सिक्न माग्ने गरेका छन् ।

rajesh 1

राजेशलाई सुन्दै दर्शक

यसो भनेर यो उमेर, त्यो पनि नेपाली सांगीतिक क्षेत्रका भर्सटायल गायक राजेशले किन अंग्रेजी सिक्न मागेको होला ? भनेर सोच्नु होला । उनले गीतमार्फत आफूलाई अंग्रेजी सिक्न माग्दै आएका हुन् । चलचित्र ‘साथी’ को ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाई देउ न’ गीत राजेशले कार्यक्रमा प्रस्तुत गर्दै आएका छन् । हुन त राजेशका दर्जनौ सुपरहिट गीत छन्, तैपनि अंग्रेजी भाषा बोलिने अमेरिकामा उक्त गीत प्रस्तुत गर्न सान्दर्भिक ठानेको उनले अनलाइनमार्फत स्क्रिननेपाल डटकमलाई बताए ।
केही दिनअघि उनी अमेरिकामा आफ्नो १५औं सांगीतिक साँझ उपस्थित भएका थिए, जहाँ उनले आफ्ना दर्जन चर्चित गीतसँगै ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइ देउ न’ भनेर त्यहाँ रहेका नेपाली (विस्तारै अमेरिकी संस्कार र भाषा, संस्कृतिले छोएका) हरुसँग अंग्रेजी बोल्न सिक्न मागेका थिए ।

rajesh

सम्भवतः अंग्रेजी बोल्न नजान्नेले पनि धेरै बोल्ने अंग्रेजी शब्द हो ‘आई लभ यु’ । त्यसैले दर्शकले उनलाई ‘आई लभ यु’ भनेका थिए । राजेशपायल भाग्यमानी गायक पनि हुन्, जो, जहाँ गएपनि ‘आई लभ यु’ वर्षा हुने गर्छ । त्यस्तै, २३ नोभेम्बर राति प्रजित रानालगायत भूटानी युनिटसँग ‘राजेशपायल इन रकस्टार’ कार्यक्रममा पनि दर्शकलाई आफूतिर झुमाउन सफल भएका थिए । उनले त्यहाँ पनि दिक्तेल बजार, दर्शन नमस्ते भन्दै ‘अंग्रेजीमा बोल्न’ सिक्न मागे । अमेरिकाको दोस्रो सांगीतिक भ्रमणमा रहेका राजेशले गीतमा मात्र नभएर रियलमा पनि अंग्रेजी बोल्न राम्रै सिकेको हुनुपर्छ किनकि, त्यहाँ रहेका नेपाली पनि प्राय अंग्रेजी नै बोल्ने गर्छन् । राजेशले ३० नोभेम्बरमा अमेरिकाको साउथ डाकोटामा सांगीतिक प्रस्तुती दिँदैछन् । त्यो उनको यसपटकको अमेरिकाका लागि अन्तिम सो हो, त्यसपछि उनी नेपाल फर्कने कार्यक्रम छ ।

Comments