गायत्रीको मिस कलमा सुस्मा कार्की (फोटो फिचर)
screennepal
प्रकाशित: २०७१, ९ मंसिर मंगलवार
no img

IMG_2939

काठमाडौं । ‘मिस कल’ गरेर दुख दिनुभन्दा कल गर्नु जाती भन्छिन् अभिनेत्री सुष्मा कार्की । आइतबार राती ललितपुरमा गायिका तथा गीतकार गायत्री थापाको ‘लोक आइटम’  गीत ‘फोन गर मायाँलु मिस कल नगर’ को म्युजिक भिडियो सुटिङका क्रममा उनले यसो भनेकी हुन् । मिस कल गरेर दुःख दिनु राम्रो हैन भन्न पनि उनी पछि परिनन् ।

IMG_2928
सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित यस भिडियामा सुस्मा कार्की र गजित बिष्टले अभिनय गरेका छन् । गीत सुन्दै नाचौं नाचौं लाग्ने भएकाले आफूले मोडलिङ गरेको बिष्टले बताए । म्युजिक भिडियो निकै राम्रो बनेको अभिनेत्री कार्कीले बताइन् ।

IMG_2921ललितपुरको ग्वोर्कोस्थित ‘१९९९ एडी पार्टी भेन्यु’ मा सेट लगाएर म्युजिक भिडियोको छायांकन गरिएको थियो । भिडियो आफूले सोचेभन्दा रामंो बनेको गायिका थापाले बताइन् । भिडियोको कोरियोग्राफी राशी भण्डारीले गरेकी छन् ।

Comments