चलचित्र चलाउन अमेरिकाबाट आइन् नुतन
screennepal
प्रकाशित: २०७१, ८ मंसिर सोमबार
no img

काठमाडौं । चलचित्र स्क्रिप्ट राइटर तथा अभिनेत्री नुतन प्रधान काठमाडौ आइपुगेकी छन् । केही वर्षयता अमेरिकामा बस्दै आएकी नुतन आफ्नो पछिल्लो चलचित्र ‘रंग बैजनी’ प्रमोसनका लागि सोमबार (आज) साँझ ६ बजे काठमाडौं आइपुगेकी हुन् । चलचित्र ‘रंग बैजनी’ यही १९ बाट रिलिज हुँदैछ ।

20131024105157_242128bc0abe0fe5abf401ad1a0eddbf@filmykhabar.com
यस चलचित्रको कथा तथा पटकथासँगै निर्मात्री रहेकी नुतनले ‘सुनचाँदी’ र सक्कली नक्कली’ मा अभिनयसमेत गरेकी छन् । ती चलचित्र त्यो समयको सुपर हिट हुन् । पछिल्लो समय ‘सन्यास’ पछि चलचित्र क्षेत्रबाट टाडा रहेका निर्देशक शम्भु प्रधान र नुतन ‘रंग बैजनी’ मार्फत चलचित्र नगरीमा कम्ब्याक भएका हुन् । उनीहरु ठूलो पर्दाबाट ओझेलमा रहेपनि त्यस समयमा केही टेलिसिरियलमा देखिएका थिए । तर, अब चलचित्र क्षेत्रमै निरन्तरता दिने निर्देशक तथा कलाकार शम्भु प्रधानले बताएका छन् । निर्देशक प्रधानले नुतन चलचित्र प्रमोसनकै लागि काठमाडौं आएको सुनाए । उनले भने, ‘चलचित्र रिलिज भएपछि फेरि अमेरिका नै फर्किनुहुन्छ ।’
‘रंग बैजनी’ बाट प्रधान दम्पतिमात्र कम्ब्याक भएका छैनन्, उनीहरुले आफ्नो छोरा सशांकलाई पनि चलचित्र क्षेत्रमा लिएर आएका छन् । चलचित्र ‘रंग बैजनी’ मा दिक्पाल कार्की, गरिमा पन्त र सुमिना घिमिरेको रंग बैजनी देख्न सकिने छ ।

Comments