साँच्चीकै मेरो मुड चेञ्ज भो : सरु (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७१, ६ मंसिर शनिबार
no img

काठमाडौं । मोडल सरु वनले आफ्नो गीत ‘मेरो मुड चेञ्ज भो’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । सरुले गीतमा मात्रै ‘मेरो मुड चेञ्ज भो’ भनेकी होइनन्, उनले मोडलिङबाटै मुड चेञ्ज गरेकी हुन् । मोडलिङ गर्दागर्दै ‘फोर सिस’ नामक एल्बम ल्याएर गायिकाको सुचिमा आफ्नो नाम दर्ता गरेकी सरुले भनिन्, ‘मेरो साँच्चीकै मुड चेञ्ज भएकै हो ।’ उनको मुड चेञ्ज भएपनि आफ्नो गीतमा भने उनैले मोडलिङ गरेकी छन् । तर, अब अर्को निर्णय नगरेसम्म अरुको गीत र चलचित्रमा अभिनय नगर्ने सरुले बताइन् । ‘थुपै्र गीत र चलचित्रको प्रस्ताव छाडेकी छु’ उनले भनिन्, ‘अब सायद मोडलिङ गर्दिन होला ।’
saru 1
सरुले चार वर्षको अवधिका करिब एक दर्जनबढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । अब भने उनले मोडलिङ गरेका भिडियो हेर्न हत्तपत्त पाइने छैन । मोडलिङसँगै गायनमा रुचि राख्दै आएकी सरुले आफ्नो एल्बमको नाम ‘फोर सिस’ राख्नुको कारणसमेत खुलासा गरिन् । ‘हामी जम्मा चार दिदी–बहिनी हौ’ उनले भनिन्, ‘त्यसैले एल्बमको नाम फोर सिस राखेकी हुँ । एल्बमका कुनै दिदीको कम्पोज छ भने कसैको शब्द रहेको छ ।’ ‘मेरो मुड चेञ्ज भो’ को शब्दरचना उनकै दिदी सिता वनले गरेकी हुन् । उनका अन्य दुई दिदी गंगा जमुना वनले पनि एल्बमका गीतका कम्जोज रहेको सरुले सुनाइन् ।

Comments