सुख-दुख, घाम र छायाँ जस्तै न हो : केकी
screennepal
प्रकाशित: २०७१, ५ मंसिर शुक्रबार
no img

keki-adhikari-looks-

काठमाडौं । अष्ट्रेलिया पुगेपछि अभिनेत्री केकी अधिकारीले मनको वह पोखेकी छन् । हुन त कसैको ऋण खानु वा जमानी बस्नु अपराध होइन । तर, बाबुले लिएको ऋणमा जमानी बस्दा अराराधीझैं तनाव झेलेकी केकीले फेसबुक स्टाटसमार्फत बह पोखेकी हुन् । बैंकले ऋण चुक्ता गर्न ३५ दिने सुचना निकालेपछि विभिन्न मिडियाले समाचार बनाएm जसले केकीलाई तनाव भयो । तर, तनाव लिनुपर्ने कुरा थिएन । यो कुरा उनलाई पनि थाहा रै’छ । ‘सुख र दुख, घाम र छायाँ जस्तै न हो’ केकीले फेसबुक स्टाटस लेखेकी छन ‘जीवनमा आइपर्ने साना–ठूला कठिनाइहरुले म र मेरो परिवारलाई कहिल्यै विचलित बनाउने छैन ।’

Keki_Status_on_FBहुन पनि उनी विचलित हुनुपर्ने कुनै कारण नै छैन । भनाइ नै छ, ‘बरु ऋण लागोस्, दशा नलागोस् ।’ उनले अगाडि लेखेकी छन् ‘जस्तोसुकै अवस्थामा पनि मेरो बुवा र आमा नै मेरो प्रेरणाका श्रोतहरु हुन् । रहनेछन् ।’ केकी अभिनीत पछिल्लो चलचित्र ‘श्री ५ अम्बरे’ आज शुक्रबारबाट देशभर रिलिज भएको छ । तर, उनी अहिले अष्टे«लिया छिन् । अष्ट्रेलिया नेपाली पब्लिक लिंकले २९ नोभेम्बरमा गर्न लागेको ‘स्पन्दन साँझ’ केकीसँगै गायक पशुपति शर्मा र सुनिता दुलाल त्यहाँ गएका हुन् । उनीहरु दुई सातापछि नेपाल फर्कने कार्यक्रम छ ।

 

Comments