हेर्नुस् त कपिलको चलाखी !
screennepal
प्रकाशित: २०७१, ४ मंसिर बिहीबार
no img

काठमाडौं । नेपाल आउने भएपछि भारतका चर्चित हास्य कलाकार कपिल शर्माले सगरमाथाबारे दिएको अभिव्यक्तिबारे नेपालीसँग माफी मागेका छन् । सन् २०१३ को नोभेम्बरमा अस्ट्रेलियाको सिड्नीमा आयोजित एक स्टेज शोमा सगरमाथा कपिलले सगरमाथा कपिलले सगरमाथा ‘आफ्नै आँगनमा पर्छ’ भनेका थिए । उक्त भनाई विवादस्पद बन्न थालेपछि उनले माफी मागेका हुन् ।

kapil
‘कमेडी नाइटस् विथ कपिल’ का सञ्चालक कपिलले ट्विट गरेका छन् ‘मैले मेरो एउटा शोमा गल्तीले माउन्ट एभरेस्ट भारतमा पर्छ भनेको थिएँ । मैले नेपालीहरुको भावनामा चोट पु¥याउन चाहेको थ्एिन । मैले कसैलाई चोट पु¥याए भने माफी माग्न चाहन्छु ।’ कपिल नेपाल आउने खबरसँगै उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा आलोचना हुन थालेको थियो । कपिलसँग गायक सोनु निगम पनि २७ मंसीरमा राजधानीमा हुने कार्यक्रमका लागि नेपाल आउँदैछन् ।

Comments