अष्ट्रेलियामा स्पन्दन बाँड्न जाँदै सुनिता
screennepal
प्रकाशित: २०७१, ३ मंसिर बुधबार
no img

sunita

काठमाडौं । नेपाली लोकगीत क्षेत्रकी चर्चित गायिका सुनिता दुलाल नपुगेको कहाँ होला ? कार्यक्रम उद्घोषिकासमेत रहेकी सुनिताले अमेरिका, युरोप र खाडीका अधिकांश मुलुकमा आफ्नो प्रतिभा देखाइसकेकी छन् । नेपालमा उनी जति चर्चित छिन्, त्योभन्दा बढी विदेशमा । त्यसैले सुनिता कुन–कुन देश पुगिन्भन्दा पनि पुग्न जान बाँकी कहाँ रह्यो भन्न थालिएको छ । १२ महिनामा करिब १० महिना बिदेमैमा व्यस्त हुँदै आएकी सुनिताले यसवर्ष मात्रै अमेरिका, युके, क्यानडा, जापान, कतारलगायतका मुलुकमा १४ पटकभन्दा बढी कार्यक्रम गर्न भ्याइसकेकी छन् ।
तर, सांगीतिक यात्राको क्रममा संसारलाई फन्को मार्दै आएकी सुनिता बिहीबार पहिलोपटक अष्ट्रेलिया जाँदैछिन् । यसोभन्दा धेरैलाई पत्यार लाग्दैन होला । तर, हो उनको यो पहिलोपटक अष्टे«लिया यात्रा हुँदैछ । २९ नोभेम्बरमा अष्ट्रेलियामा हुन लागेको ‘स्पन्दन साँझ’ नामक सांगीतिक कार्यक्रममा सहभागी हुन त्यसपतर्फ जानुअघि सुनिताले भनिन्, ‘यो मेरो पहिलो अष्ट्रेलिया भ्रमण हो ।’

ssss
अमेरिका र युरोपमा जस्तै अष्ट्रेलियामा पनि ‘स्पन्दन साँझ’ मा सहभागी भएर त्यहाँ रहेका नेपालीको स्पन्दनमा बस्न सफल हुनेमा उनी विस्वस्त छिन् । अष्ट्रेलिया नेपाली पब्लिक लिंकले आयोजना गर्न लागेको कार्यक्रममा सुनितासँगै अभिनेत्री केकी अधिकारी र गायक पशुपति शर्मा पनि जाँदैछन् । उनीहरु सबै करिब दुई सातापछि नेपाल फर्कने कार्यक्रम छ ।

10808333_820450634687368_176153117_n

Comments