मिस वल्र्डमा सुविनले गाउँदैछिन् ‘आई विल अलवेज लभ यू…’
screennepal
प्रकाशित: २०७१, १ मंसिर सोमबार
no img

‘बेस्ट डेस’ राउन्डमा सुविन द हाइल्यान्ड आर्टले तयार गरेको ढाकाको मेख्ली ‘गाउन’मा प्रस्तुत हुनेछिन् , जुन ८४ मिटर ढाकाबाट तयार गरिएको छ ।

-एमपी सुब्बा

काठमाडौं । ‘आई विल अलवेज लभ यू…’ यस गीतको गायिका हुन्, विट्नी हट्स्नी । कुनै समयकी यी चर्चित हलिउड गायिकाले संसार त्यागेको धेरै भइसक्यो । तर, उनका गीत संसारका संगीतप्रेमीमाझ लोकप्रिय छन् । तीमध्ये विट्नीको सदावहार गीत ‘आई विल अलवेज लभ यू…’ सुन्दरीको कुम्भमेला मानिने ‘मिस वल्र्ड’ मा गुञ्जिने भएको छ । १४ डिसेम्बरमा लण्डनमा हुन गइरहेको ‘मिस वल्र्ड–२०१४’ नेपाल सुन्दरी सुबिन लिम्बूले यही गीत प्रस्तुत गर्दैछिन् । ‘मिस वल्र्ड’ को ६३औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्ने सौभाग्य पाएकी सुबिनले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भनिन्, ‘मिस वल्र्डमा विट्नी हट्स्नीको गीत गाउँदैछु ।’ उनले ‘आई विल अलवेज लभ यू…’ गीतको स्थायी निकै मिठो स्वरमा सुनाइन् ।

subin 4

मेख्ली देखाउँदै कल्पना र मिस नेपाल सुबिन ।

द हाइल्यान्ड आर्टले आयोजना गरेको कार्यक्रममा मिस नेपाल सुबिनले भनिन्, ‘सकेसम्म मिस वल्र्डको ताज जितेरै ल्याउने सोच बनाएकी छु ।’ प्रतियोगिताको ‘बेस्ट डेस’ राउन्डमा सुविन द हाइल्यान्ड आर्टले तयार गरेको ढाकाको मेख्ली ‘गाउन’मा प्रस्तुत हुनेछिन् । उक्त मेख्ली हस्तान्तरण गर्नकै लागि हाइल्यान्डले कार्यक्रम राखेको हो । द हाइल्यान्डमा उत्पादित उक्त ढाकाको पहिरन डिजाइन पनि हाइल्यान्डकै प्रोपाइटर कल्पना योङहाङले गरेकी हुन् । उनका अनुसार उक्त पहिरन ८४ मिटर कपडाबाट तयार गरिएको हो । उक्त ढाकाको आकर्षण गाउनमा लाली गुराँश र अम्लारी फुङ (सनखरी फूल) जडित गरिएको छ । उक्त मेख्लीसँगै माथिल्लो भागमा सिनाम साख्मा पनि लाउनेछिन् सुबिनले ।

subin1

सिनाम साख्मा लिम्बू जातीको  विशेष पहिचान मानिन्छ । नेपाली ढाका विशेषगरी लिम्बू समुदायमा प्रचलित हातले बुनेको ढाकाको पहिरनले अन्तर्राष्ट्रिय बजार लिइरहेको बेला सुबिनले ‘मिस वल्र्ड’ मा प्रस्तुत गर्न लागेकी हुन्, जसले ढाकाको प्रचारमा अझ टेवा पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा सुबिनले भनिन्, ‘कार्यक्रममा अरु प्रतियोगीभन्दा पृथक पहिरन प्रस्तुत गर्ने मनशायले नेपालको राष्ट्रिय सांस्कृतिक पहिचान बोकेको ढाकाको पहिरनमा प्रस्तुत हुन लनगेकी हुँ । साथै, कार्यक्रममा अरु पनि नेपाल र नेपाली पहिचान झल्किने पहिरन लगाउने छु ।’ ‘मिस नेपाल–२०१४’ को ताज पहिरिएपछि ‘मिस वल्र्ड’ मा स्पर्धा गर्न करिब एक महिनायता आर्मी अफिसिर्यस क्लवमा टे«निङ लिइरहेकी सुविनले भनिन्, ‘तालिमकै क्रममा ममा निकै आत्मविश्वास बढेको छ । सकेसम्म ताज नेपालमै ल्याउने प्रयासमा छु । र मलाई आफूमाथि विश्वास पनि छ ।’ सुबिन मिस वल्र्डमा स्पर्धा गर्न बुधबार लन्डन प्रस्थान गर्नेछिन् ।
किरात याक्थुङ चुम्लुङको केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न लिम्बू समुदायको संघसंस्थाका पदाधिकारीले सुविनलाई शुभकामना दिए । सुबिनले ‘मिस वल्र्ड’ को ताज जितेमा सम्पूर्णको नेपालीले गौरव गर्नु पर्ने उपस्थित पदाधिकारले बताए । लिम्बू समुदायको एउटा लाहुरे परिवारमा जन्मेकी सुबिनले ‘मिस वल्र्ड’ को ताज पहिरिएमा नेपालमा सौन्दर्यताको नयाँ इतिहास रच्नेछिन् । यसअघि गत वर्षको ‘मिस वल्र्ड’ मा इशानी श्रेष्ठ उत्कृष्ठ पाँचसम्म पुग्न सफल भएकी थिइन् ।

Comments