अनमोल आकर्षणः घर घेरे प्रशंसकले
screennepal
प्रकाशित: २०७१, ३० कार्तिक आईतवार
no img

anmolबलिउड, हलिउड स्टारका घर प्रशंसकले घेरेको निकै देख्न÷सुन्न पाइन्छ । नेपाली कलाकारका घर प्रशंसकले घेरिएको सुन्दा अलि अनौठो लाग्छ । तर, अभिनेता अनमोल केसीले आइतवार बिहान यस्तै ब्योहोर्नु प¥यो ।
बिहान १० बजेतिर कलेज ड्रेसमा आएका १२ जना जति युवतीले अनमोलका घर घेरेपछि उनलाई निस्किन सकस परेको थियो । पुरानो बानेश्वरस्थित अनमोल रहने घरको गेटमा कलेजका केटीहरुले ढकढक्याएपछि अनमोलले चिहाएका थिए । केटीहरुले आफूलाई खोजेको थाहा पाएपछि फिल्म प्रमोसनका लागि अन्र्तवार्ता दिन निस्किनुपर्ने अनमोललाई अप्ठ्यारो परेको थियो ।
अनमोललाई लिन गाडि लिएर पुगेका निर्देशक हेमराज विसीले त्यो अवस्था देखेपछि उनलाई माक्स लगाएर बाहिर निकालेका थिए । अनमोलले स्क्रिन नेपालसँग कुराकानी गर्दै भने, ‘केटीहरु मलाई खोज्दै ढोका ढक्ढक्याउन आएको देखेपछि बाहिर निस्किन मुश्किल भयो ।’
अनमोल अभिनीत फिल्म ‘जेरी’ हिट भइरहेको छ । युवा पुस्तालाई लक्षित गरेर बनाइएको फिल्मबाट उनको आकर्षण बढ्दै गएको छ । तीन दिनमा फेसबुकमा मात्रै १२ हजार नयाँ फ्यानले लाइक गरेको उनले बताएका छन् ।

हेमराजलाई अफरको ओइरो

hem‘होस्टेल’, ‘जेरी’ हिट बनाइसकेका र ‘सम्बोधन’ माघ १६ गते रिलिजको तयारी गरिरहेका निर्देशक हेमराज विसीलाई फिल्म निर्देशन गर्ने अफरको ओइरो लागेको छ । डेब्यु फिल्मबाटै पहिचान बनाइसकेका हेमराजले स्क्रिप्ट छानेर मात्रै फिल्म निर्देशन गर्ने एक वर्षपछि दोस्रो फिल्म रिलिज गरेर पनि देखाइसकेका छन् । हेमराज निकटस्थका अनुसार पछिल्लो समयमा मात्रै आधा दर्जन भन्दा बढी निर्माताले उनीसँग फिल्म बनाउने इच्छा जाहेर गरेको बताइएको छ । हेमराजले पनि धेरैले अफर गरेको स्वीकारे । तर, अनमोललाई नै लिएर ‘सम्बोधन’ निर्माता सरोज न्यौपानेसँग मिलेर ग्याङस्टारको कथामा फिल्म बनाउने तयारीमा उनी छन् । चाँडै औपचारिक घोषणाको तयारी भइरहेको बुझिएको छ ।

 

Comments